क्यान इन्फोटेक आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौंमा हुने
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२२ आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । क्यानले आइतबार पत्रकार सम्मेलन गरी यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरुमा आयोजना हुने गरी तयारी बढाइएको जनाएको छ ।
क्यान इन्फोटेकको भर्चुअल आयोजना नेपालको लागि नयाँ हुने भएकोले यससम्बन्धी सबै जानकारी तयारी पूरा भइसकेपछि दिने क्यानले जनाएको छ । क्यानका अनुसार सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७औँ संस्करण हो, जुन ६ दिनसम्म चल्नेछ ।
इन्फोटेकको २७औँ संस्करण गत गत वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिड–१९ को दोस्रो लहरका कारण स्थगित भएको थियो । २७औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सहप्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले गरेका छन् । यसैगरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससीटी स्मार्ट क्युआरको प्लाटिनम प्रायोजन वर्ल्डलिंक कम्युनिकेसन्स, डायमण्ड प्रायोजन डिसहोम फाइबरनेट, गोल्ड प्रायोजन नेपाल टेलिकम, सिल्भर प्रायोजन नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन् ।
सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्स–आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससीटी स्मार्ट क्युआरको इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टरनेशनल बिजनेस स्कुल – एकाडेमिक पार्टनर, रिबान– फुड एण्ड वेभरेज पार्टनर तथा अल्ट्रा एलईडी– डीजिटल डीसप्ले पार्टनर रहेका छन् । इन्फोटेकलाई सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु र भायानेट कम्युनिकेसन्स तथा अन्तर्राष्ट्रिय रुपमा असोसियो र विट्साको पनि सहयोग रहने क्यानका महासचिव नारायण थापाले जानकारी दिए ।
सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेको थियो । यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउने अभिप्रायले यो पटक क्यान इन्फोटेक २०२२ को टिकटको मूल्य एक रुपैयाँ हुनेछ ।
साथै यो पटक पनि टिकट पेपरलेस नै हुनेछ । मेलामा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने प्रचलन छ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्टअप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ–वेष्ट म्यानेजमेण्ट, इ–गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टरलगायतका विभिन्न खण्डहरु रहने गरी तयारी अगाडि बढाइएको छ ।
इन्फोटेकमा सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युसन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिष्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्ड डिस्क, आईओटी, ब्लक चेन तथा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि रहनेछन् ।
क्यान इन्फोटेक २०२२ का लागि पुस १३ गते मंगलबारदेखि बुकिङ्ग खुल्ला हुनेछ । क्यान इन्फोटेकको २६औँ संस्करण करिब साढे तीन लाखले अवलोकन गरेका थिए । यो संस्करणमा समेत सोही वा बढी संख्यामा अवलोकनकर्ता आउने क्यानले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया