पुँजीबजारको नियमनकारी निकायमा नेतृत्व कहिले ?
काठमाडौँ । नेपालको पुँजीबजारको नियमनकारी निकाय अहिले नेतृत्वविहीनको अवस्थामा छ । नेपाल धितोपत्र बोर्ड अहिले अध्यक्षविहीन भएको छ भने नेपाल स्टक एक्सचेन्ज लिमिटेड प्रमुख कार्यकारी अधिकृतविहीन भएको छ ।
पुँजीबजारको विकास, विस्तार र नियमन गर्नको लागि गठन भएका यी दुवै निकायहरू लामो समयसम्म नेतृत्वविहीन अवस्थामा चल्नुु पुँजीबजारको विकासको लागि कुुनै पनि हालतमा न्यायोचित छैन र हुँदैन पनि । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद विवादमा मुुछिए ।
यी दुवै निकायका प्रमुखहरूले आर्थिक प्रलोभनमा परेर नै हुुन सक्छ, नियमभन्दा बाहिर गएर आफू र आफ्नो परिवारका सदस्यहरूको नाउँमा ठूलो परिमाणमा सर्वोत्तम सिमेन्टको सेयर खरिद ग-यो । यसको जानकारी अर्थ मन्त्रालयले पाएसँगै दुवै व्यक्तिहरूलाई सरकारले स्पष्टीकरण सोध्यो । जवाफ चित्तबुझ्दो नआएपछि नेप्सेबाट प्रमुख कार्यकारी अधिकृत साउद र धितोपत्र बोर्डबाट अध्यक्ष ढुंगानाले राजीनामा दिए ।
त्यसदेखि यता अर्थात् विगत केही महिनादेखि नियमनकारी निकाय धितोपत्र बोर्ड र नेप्से दुवै नै नेतृत्वविहीन भएका छन् । यसबीचमा अर्थ मन्त्रालयले यी दुई निकायमा रिक्त रहेको प्रमुख कार्यकारीहरूको व्यवस्थापनको लागि खुला प्रतिस्पर्धाको आह्वान ग-यो । अर्थ मन्त्रालयले गरेको उक्त आह्वानअनुसार नेप्सेको प्रमुख कार्यकारी र बोर्डको अध्यक्ष पदको लागि धेरैले आवेदन दिएका छन् । तर अहिलेसम्म पनि सरकारले यी दुुई निकायहरूमा नेतृत्वहरू चुनेर जिम्मेवारी हस्तान्तरण गर्न सकेको छैन ।
उल्टै खुला प्रतिस्पर्धाको लागि सार्वजनिक रूपमा सूचना जारी गर्दा त्यही केही प्राविधिक त्रुटि देखिएको भन्दै यसअघि जारी गरेको खुला प्रतिस्पर्धाको आह्वानलाई रद्द गरेर पुुनः प्रतिस्पर्धाको आह्वान गर्ने तयारी गरेको छ । एउटै निकायको प्रमुख कार्यकारी नियुक्त गर्नको लागि अर्थ मन्त्रालयले पुनः अर्को सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ ।
यो तयारी कहिलेसम्म पूरा हुन्छ, थाहा छैन । तर अहिले विगत लामो समयदेखि ओरालो लाग्दै आएको नेपालको पुँजी बजारको केही सुधार देखिएको छ । निरन्तर ओरालो लागेर रातो भएको परिसूचक बढेर हरियो देखिन थालेका छन् । यो अवस्थामा पनि पुँजी बजारको नियमनकारी निकाय नेतृत्वविहीन अवस्थामा हुुनु हुँदैन ।
यसलाई तुुरुन्तै निकास दिनुुपर्छ । पुँजी बजारको विकास र विस्तारको लागि संलग्न यी दुवै निकायहरूमा यथासक्य छिटो नेतृत्व चयन गर्नै पर्छ । अनि मात्र नेपालमा पुँजी बजारले गति लिन सक्नेछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया