Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगथाईल्यान्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुसँग सम्बन्ध विकासमा जोड

थाईल्यान्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुसँग सम्बन्ध विकासमा जोड


काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य संघले थाइल्यान्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुसँग सम्बन्ध विकासमा जोड दिएको छ । दुवै देशका उद्यमी व्यवसायीबीच सम्बन्ध विकास गरी स्थानीय पर्यटन, हस्तकला तथा कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्नमा ठोस कदम चाल्नुपर्नेमा संघले विशेष जोड दिएको हो ।

संघ सचिवालयमा सोमबार थाइल्यान्ड तथा श्रीलंकाका नेपालका लागि राजदूतहरुलाई स्वागत कार्यक्रमको आयोजना गरी संघले श्रीलंकाको नेशनल चेम्बर अफ कमर्स र थाइल्यान्डका उद्योग वाणिज्य संघहरुसँग भ्रातृत्वको सम्बन्ध स्थापित गर्न सहयोगका लागि दुवै देशका राजदूतलाई आग्रह समेत गरेको छ । कार्यक्रममा संघका अध्यक्ष शिव प्रसाद मानन्धरले भक्तपुर जिल्लाको आर्थिक विकासमा थाइल्यान्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए ।

यस्तै उनले थाइल्यान्ड र श्रीलंकाका उद्यमी व्यवसायीहरुसँग सम्बन्ध विकास गरी स्थानीय पर्यटन, हस्तकला तथा कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न ठोस कदम चाल्ने बताए । कार्यक्रममा थाइल्यान्डका राजदूत वोसित वोरोसाफले दुई देशबीच रहेको प्रगाढ सम्बन्धलाई आर्थिक विकासको क्षेत्रमा आवश्यक सहयोग पु-याउन सदुपयोग गर्न आफू सकारात्मक रहेको बताए ।

त्यस्तै श्रीलंकाकी राजदूत हिमाली शुभाशिनी तिलकरत्नले भक्तपुरको ऐतिहासिक महत्व र यहाँको प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याउने गरेको सुनाउँदै श्रीलंका र नेपाल दुवै पर्यटन उद्योगमा केन्द्रित मुलुक भएकोले यहाँका व्यवसायीहरुले एक आपसमा सहयोग गर्न सक्ने बताइन् । उनले श्रीलंकाका उद्योग वाणिज्य संघहरुसित भक्तपुर उद्योग वाणिज्य संघको सम्बन्ध विकासमा सक्दो सहयोग पु-याउने विश्वास समेत दिलाइन् ।

उक्त कार्यक्रममा संघका सल्लाहकार, कार्यसमिति सदस्य एवं विभिन्न वस्तुगत संघका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x