Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनो वे होमलाई सबैभन्दा धेरै कमाउने फिल्मको उपाधि

नो वे होमलाई सबैभन्दा धेरै कमाउने फिल्मको उपाधि


काठमाडौँ । मार्वल कमिक्स चरित्र स्पाइडर–म्यानमा आधारित २०२१ को अमेरिकी सुपरहिरो फिल्म स्पाइडर–म्यान नो वे होमले बक्स अफिसमा १ बिलियन अमेरिकी डलर कमाएको छ । उक्त फिल्मलाई कोलम्बिया पिक्चर्स र मार्वल स्टुडियोले निर्माण गरेको हो भने सोनी पिक्चर्सले रिलिज गरेको हो ।

जोन वाट्सद्वारा निर्देशित यस फिल्ममा टम होल्यान्ड (पिटर पार्कर), जेन्डिया, बेनेडिक्ट कम्बरब्याच, ज्याकब बटालोन, जोन फभरेउ, जेमी फक्स, विलेम डफो, अल्फ्रेड मोलिना अदिको मुख्य भूमिका रहेको छ । स्पाइडर–म्यान होमकमिङ (२०१७) र स्पाइडर–म्यान फार फ्रम होम (२०१९) को सिक्वेल हो ।

यस फिल्मले महामारीका बेलमा पनि ग्लोबल बक्स अफिसमा २०२१ को सबैभन्दा धेरै कमाउने फिल्मको उपाधि जित्न सफल भएको छ । नो वे होम अघि, जेम्स बन्ड (नो टाइम टु डाइ) जसले विश्वव्यापी रूपमा बक्स अफिसमा सात सय ७४ मिलियन डलर कमाएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x