जनप्रतिनिधिको मिलेमतोमा मापदण्डविपरीत खोला दोहन
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मापदण्डविपरीत नदी, खोलानाला दोहन भइरहेका छन् । जनप्रतिनिधिकै मिलेमतोमा नगरपालिकामा रहेका खोला, नदी चुरे क्षेत्रको मापदण्डविपरीत दोहन भइरहेको स्थानीयले बताएका छन् । मापदण्डविपरीत खोलानाला दोहन गर्नेमाथि प्रहरीले पटक–पटक कारबाही गरे पनि त्यस्ता व्यक्ति तथा समूह बचाउनका लागि जनप्रतिनिधिले नै दबाब दिन थालेपछि अहिले कृष्णपुरमा मापदण्डविपरीत उत्खननका घटना बढिरहेका छन् ।
खोला र नदीबाट रोयल्टी संकलन गर्ने ठेकेदार, संकलनकर्तासँग जनप्रतिनिधिको मिलेमतो हुने भएपछि मापदण्डविपरीत उत्खनन कार्य नरोकिएको स्थानीयको दाबी छ । कञ्चनपुर प्रहरीले मापदण्डविपरीत खोला दोहन गर्नेविरुद्ध कारबाही चलाए पनि जनप्रतिनिधिले आफ्ना नभए जरिवाना गर्ने नभए नगर्ने प्रवृतिले दोहन नरोकिएको स्थानीयको बुझाइ छ । प्रहरीले मापदण्डविपरीत उत्खनन गर्ने दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएर कृष्णपुर नगरपालिकालाई बुझाएको छ ।
कृष्णपुरको मछेली नदीमा मापदण्डविपरीत बालुवा उत्खनन गर्ने से १ त ६५८९ र सुपप्र ०२–००१ त १४१९ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएर नगरपालिकामा बुझाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले अवैधरूपमा बालुवा उत्खनन गर्ने दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएर कृष्णपुर नगरपालिकामा बुझाएको बताए ।
कृष्णपुर नगरका जनप्रतिनिधिले अवैध उत्खननमा सबै जनप्रतिनिधिको मिलेमतो नहुने बताएका छन् । कृष्णपुर नगरका प्रवक्ता छत्र महराले मापदण्डविपरीत उत्खनन गर्नेहरूसँग सबैको मिलेमतो नहुने र फरक पार्टीले आरोप लगाउने गरेको बताए । ‘अवैधरूपमा उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रण गरेको विषय मलाई थाहा भएन’, उनले भने, ‘जहाँसम्म कार्यालयबाट प्रवक्तालाई सूचना दिनुपर्ने हो, दिइएन ।’
देश कानुनभन्दा वास्तविकरूपमा भन्नुपर्दा व्यावहारिकरूपमा चलेको बताउँदै उनले केही समाजलाई आफूअनुकूल समाज चलाउने व्यक्तिले जनप्रतिनिधिको बदनाम गरिरहेको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया