Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगद क्लिफमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङ

द क्लिफमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङ


काठमाडौँ । विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो ब्यवसायिक स्काई साइक्लिङ सुरु भएको छ । कालीगण्डकीमाथिको भीरमा रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काई साइक्लिङ निर्माण गरिएको हो ।

साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको बताइएको छ । प्रतिव्यक्ति तीन हजार पाँच सय रहेको साइक्लिङ खेल्न हाल शुभारम्भ छुटअन्तर्गत दुई हजार पाँच सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत छुट दिइने बताइएको छ । गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काई चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा स्काई साइक्लिङ सुरु गरेको कार्कीले बताए ।

विश्वमा दुई सय २८ मिटर उचाइमा र छ सय मिटरको कुनै पनि व्यावसायिक स्काई साइक्लिङ नरहेकोले यो नै विश्वको लामो र अग्लो व्यावसायिक जिपलाइन भएको कार्कीको दाबी छ । विश्वकै अग्लो स्विङ समेत सञ्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवामाझ निकै लोकप्रिय छन् ।

उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x