होटल सब्रिनालाई ‘बेष्ट नेपाल होटल अवार्ड’
काठमाडौँ । काठमाडौंको हात्तीगौँडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी सब्रिनालाई उक्त अवार्ड दिइएको हो । होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्र्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो ।
आतिथ्य सत्कारमा अब्बल भन्दै एसोसिएसनले होटल सब्रिनालाई यो अवार्ड प्रदान गरेको जनाएको छ । होटल सब्रिना थ्रि स्टार होटल हो । यस होटलले सञ्चालन भएकोे तीन वर्षको अवधिमै यस्तो अवार्ड पाउन सफल भएको छ । उक्त अवार्ड एसोसिएसनका संस्थापक अध्यक्ष टीपीएस ग्रोभरले होटलका एमडी निरञ्जन थापा र म्यानेजर उपेन्द्र भारतीलाई प्रदान गरेका हुन् । अवार्ड दिँदै ग्रोभरले होटल पारिवारिक र आतिथ्य सत्कारमा अब्बल रहेको बताए ।
यसअघि यस्तो अवार्ड २०१९ मा होटल ओरिन्टल (-याडिसन)ले पाएको थियो । सन् २०२० मा भने कोरोनाका कारण यस्तो अवार्ड वितरण कार्य रोकिएको थियो । यो अवार्ड प्रदान गर्नका लागि स्वदेशी लगानी र व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले यस्तो अवार्ड नेपालमा मात्रै नभई दुबई, कतार, भारत, थाइल्याण्ड, अर्मेनियालगायत युरोपियन देशहरुमा पनि प्रदान गर्दै आएको छ । विश्वभर कोरोना भाइरस फैलिरहेको बेला प्रायःजसो सबै क्षेत्र ठप्प थिए । त्यस्तो बेला पनि होटल सब्रिनाले आफ्नो सेवा भने निरन्तर दिइरहेको होटलका प्रबन्धनिर्देशक निरञ्जन थापाले बताए ।
साथै उनले नेपाली होटललाई विदेशीहरुले आएर प्रोत्साहन गरिरहेको अवस्थामा नेपाल सरकारले पनि यस्तो कार्य गरे होटल सञ्चालनमा थप हौसला हुने समेत बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया