रियलमीको आधिकारिक सर्भिस सेन्टर सीटीसी मलमा, उद्घाटनमा विभिन्न अफरहरु
काठमाडौँ । विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर काठमाडौंस्थित सुन्धारामा रहेको सीटीसी मलमा खोल्ने भएको छ । रियलमीले आफ्ना प्रशंसकहरुलाई यस उद्घाटनमा निमन्त्रणा गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराउने भएको छ ।
कम्पनीले आज बिहीबार आधिकारिक रुपमा यो सेवा केन्द्रको उद्घाटन गर्न लागेको जनाएको छ । उद्घाटनको दिनदेखि ग्राहकहरुले दुई हप्तासम्म उक्त सेन्टरबाट विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउनेछन् । कम्पनीका अनुसार दुई वर्षभन्दा पुराना वारेन्टी सकिएको मोडलहरुमा ३० प्रतिशतसम्म छुट, वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० प्रतिशत छुट र निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर पाउनेछन् ।
यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सेवा लिन सकिनेछ । यस सर्भिस सेन्टर काठमाडौंको सुन्धारास्थित सीटीसी मलको पाँचौँ तल्लामा छ । इन्ट्री–लेभल स्मार्टफोनहरुदेखि आकर्षक डिजाइन र लोकप्रिय फ्ल्यागसिप किलर लाइनअप स्मार्टफोन ब्रान्डहरु यहाँ पाइने कम्पनीको भनाइ छ ।
कम्पनीले आफ्ना स्मार्टफोनहरुको नयाँ मूल्य समेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार रियलमी सी११ को मूल्य १२ हजार नौ सय ९९ र १५ हजार चार सय ९९ रुपैयाँ, सी२० को मूल्य १२ हजार आठ सय ४९ रुपैयाँ र सी२१ को मूल्य १६ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ । यस्तै सी२१ वाईको १५ हजार तीन सय ९९ र १७ हजार ९९ रुपैयाँ, रियलमी ८ को मूल्य २८ हजार सात सय ९९ रुपैयाँ र ३० हजार चार सय ९९ रुपैयाँ, रियलमी ८ आईको मूल्य २३ हजार सात सय ९९ र २९ हजार एक सय ९९ रुपैयाँ तोकिएको छ ।
यसैगरी रियलमी जीटी नियो टुको मूल्य ५४ हजार एक सय ९९ रुपैयाँ र ६० हजार नौ सय ९९ रुपैयाँ, रियलमी नार्जो ५० आईको मूल्य १२ हजार नौ सय ९९ रुपैयाँ र १५ हजार चार सय ९९ रुपैयाँ, नार्जो ५० एको मूल्य १९ हजार चार सय ९९ र २१ हजार एक सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया