डिजिटल स्कूल तथा कलेजका लागि ‘स्कुल वक्र्स प्रो’
काठमाडौँ । शैक्षिक संस्थाको परम्परागत शिक्षा व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउन डीजी टेक्नोलोजी प्रालिले ‘स्कुल वक्र्स प्रो’ सञ्चालनमा ल्याएको छ । डिजिटल नेपालको महाअभियान चलिरहेको बेला स्कुल वक्र्स प्रो विद्यालय र कलेजलाई डिजिटल बनाउने एक उत्कृष्ट सफ्टवेयर बनेको डीजी टेक्नोलोजीका सीईओ प्रमोद पौडेल बताउँछन् ।
सफ्टवेयरमार्फत अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था, स्कूल फि, विद्यालयको एकेडेमिक क्यालेन्डर हेर्न सक्नेछन् जसले गर्दा विद्यार्थीको पढाइको स्तर बुझ्न परीक्षा नै कुर्नुपर्ने अवस्थाको अन्त्य हुने पौडेलको भनाइ छ । शिक्षकले सफ्टवेयरमै गृहकार्य÷असाइनमेन्ट दिने र सोको जाँच गर्ने, प्रत्येक विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने, पाठ्यक्रमहरू थप्ने, विभिन्न क्विज÷पोलमार्फत विद्यार्थीको गतिविधि बढाउने गर्न सक्छन् ।
कक्षाको रुटिन, शैक्षिक स्रोत साधन व्यवस्थापनलगायत इ–लाइब्रेरी समेत सफ्टवेयरमै उपलब्ध छ । स्कूल तथा कलेजको व्यवस्थापन पक्षले आर्थिक व्यवस्थापन, शिक्षक तथा कर्मचारीको दैनिक कामको मूल्यांकन, रिजल्ट व्यवस्थापन लगायत सम्पूर्ण व्यवस्थापकीय काम सफ्टवेयरमार्फत नै नियन्त्रण गर्न सक्नेछन् । त्यस्तै विद्यार्थीहरूको शैक्षिक परिणाम मूल्यांकन गर्न, परीक्षा सञ्चालन गर्न, अभिभावक र शिक्षक तथा शैक्षिक संस्थाबीच सम्पर्क चुस्त राख्न सफ्टवेयर उपयोगी छ ।
विद्यार्थीले सफ्टवेयरबाटै अरु विद्यार्थीको तुलनामा आफ्नो स्तर बुझ्न सक्छन् भने होमवर्क लिन र बुझाउन, विदा तथा शैक्षिक क्रियाकलापको जानकारी सफ्टवेयरबाटै लिन सक्नेछन् । ‘स्कूल वक्र्स प्रोको कार्यान्वयनपश्चात् मानव संसाधन, प्रिन्ट, सञ्चारलगायतको खर्च घट्छ’, पौडेलले भने, ‘प्रविधिको सदुपयोगले सीमित कर्मचारीबाट पनि इफिसेन्सी बढाउन सकिन्छ ।’
शिक्षामा अन्तत्र्रिmयात्मक व्यवस्थालाई प्राथमिकता दिँदै स्कूल वक्र्स प्रोले विद्यालय तथा कलेजहरूलाई शैक्षिक प्रणाली व्यवस्थापनको झन्झटिलो परम्परागत प्रक्रियालाई हटाएर एकीकृत प्रणालीमा व्यवस्थापन गर्न सहयोग पु-याउने थापाको भनाइ रहेको छ । स्कूल वक्र्स प्रोको सुविधा वेबमा मात्र नभई मोबाइल एपमार्फत पनि लिन सकिने बताइएको छ ।
स्कुल वक्र्स प्रोको निर्माता डीजी टेक्नोलोजी आईटी शिक्षामा दशौँ वर्ष अनुभवीहरुको टिमले सञ्चालन गरेको आईटी कम्पनी हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया