काठमाडौँ । जनताले जति पटक जस्तोसुकै संर्घष गरेर राजनीतिक परिर्वतन गरे पनि सत्तामा चाहिँ उही वर्ग र उही प्रवृत्ति दोहोरिएको छ । २००७ सालको राजनीतिक परिवर्तनदेखि अहिलेसम्म थुप्रै पटक राजनीतिक परिवर्तन भएका छन् ।
कहिले राजाको बलमा त कहिले जनताको आन्दोलनको बलमा । तर ती कुनै पनि परिवर्तनले सत्तामा रहने वर्गको र त्यसले गर्ने कामको प्रवृत्तिको परिवर्तन गर्न सकेको छैन । २०१७ सालमा राजाले प्रजातन्त्र फापेन भनेर मुुलुकको हावापानी सुहाउँदो भनेर निर्दलीय व्यवस्था ल्याए, प्रजातन्त्रको हत्या गरेर । त्यसले विकासको मूल फुटाउने नारा त दिइयो तर विकासको मूल फुटाउन सकेन ।
दिन बित्दै त्यहीभित्र विवाद बढ्दै गयो । जनता सडकमा उत्रिएपछि राजाले २०३६ सालमा जनमत संग्रह गराउने घोषणा गरे । र जनमत संग्रहपछि सुधारिएको पञ्चायत सुरु भयो । तर त्यसमा पनि पुरानै घरानीयाको निरन्तरता भयो । त्यसलाई देखेर जनस्तरमा झन् बढ्दै र त्यसको विस्फोट २०४६ सालको जनआन्दोलनको रूपमा भयो ।
पञ्चायतकालमा हालीमुहाली गरेको उही वर्ग कोही कांग्रेसतिर, कोही कम्युनिस्टतिर लागे । कोही आफूहरू नै संगठित बने । प्रजातन्त्रको पुनस्र्थापाना भएपछि पनि उही वर्ग सत्ताको वरिपरि रहिरह्यो । त्यसलाई मन पराउने जमात लिएर फेरि विद्रोह भयो । र २०६३ सालमा फेरि राजनीतिक परिवर्तन भयो । तर त्यसले पनि खास परिवर्तन गर्न सकेन । यस मानेमा कि अर्को वर्ग सत्तामा पुुग्न सकेन । भला त्यसले राजतन्त्रको अन्त्य गरेको छ ।
अहिलेसम्म आइपुुग्दा सत्तामा उही वर्गको एकछत्र राज रहँदै आएको छ र सत्तामा व्यक्ति परिवर्तन भए पनि प्रवृत्ति फेरिएको छैन । २००७ सालमा जस्तो थियो अहिले पनि त्यस्तै रहेको छ । उतिबेला हुनेखाने शासकले ‘तँ’ जनता भनेर सम्बोधन गर्थे, अहिले ‘आदरणीय जनसमुदाय’ भन्छन् । योबाहेक फरक केही भएको छैन ।
आफ्ना सन्तान महँगा स्कुुल र विदेशी कलेजमा पढाउँछन् तर जनताका छोराछोरीलाई सरकारी स्कुुलमा पढाउनुपर्ने प्रस्ताव गर्छन् । स्कुुल र अस्पताल जति आफ्ना आसेपासेहरूलाई चलाउन लागाउँछन् र समाजवाद उन्मुख अर्थतन्त्रको व्याख्या गरेर जनतालाई खिसिट्यिुरी गर्छन् । अहिलेसम्म राजनीतिमा पात्र मात्र फेरिएका छन्, प्रवृत्ति फेरिएको छैन र शासन गर्ने वर्ग पनि फेरिएको छैन ।
त्यो वर्ग नफेरिँदासम्म यहाँ प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र जे–जे भने पनि जनताले उही व्यथा भोगिरहनुुपर्नेछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया