विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्नेमा जोड
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्नेमा जोड दिएका छन् । विद्युत खपत हुने क्षेत्र खोज्नुपर्नेमा पछिल्लो समय विद्युत्को बजार खोज्न लागिएको भन्दै उनले असन्तुष्टि समेत जनाए । शुक्रबार नयाँ बानेश्वरमा नागरिक लगानी कोषको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले शर्माले विद्युत्को खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो दिशामा गएको बताए ।
‘जलविद्युत् थोरै मात्र उत्पादन हुँदा पनि हामी यसको बजार खोज्दै हिँड्नुपर्ने अवस्था छ’, उनले भने, ‘हाम्रो ऊर्जा क्षेत्रलाई बजार खोज्ने होइन, खपत हुने क्षेत्र खोज्ने हो । हामी उल्टो बाटोमा छौँ ।’ बजारले भन्दा खपत गर्ने क्षेत्रले बढी प्रतिफल दिने उनको भनाइ छ । उनले खपतले मुलुकलाई आर्थिक विकासतिर लैजाने समेत बताए । कृषि आधुनिकीकरण, औद्योगिकीकरण, शिक्षा तथा प्रविधि, स्वास्थ्यलगायतका क्षेत्रमा खपत गर्न सकिने उनको भनाइ थियो । त्यस्ता क्षेत्रको समयमै पहिचान गरी नागरिक लगानी कोषजस्ता कोषले लगानी गर्नुपर्नेमा समेत उनले जोड दिए ।
नागरिक लगानी कोष ठूला कोषहरूमध्ये एक रहेको भन्दै उनले यस्ता कोषहरूको उचित परिचालन गर्नुपर्ने बताए । कोषहरू निष्क्रिय रहेकाले तिनीहरूको परिचालनमा समेत उनले जोड दिए । ‘कोषको पैसा लगानी भइरहेको छैन । लगानी गरेर पुँजी निर्माण गरिरहेको छैन’, उनले भने, ‘आजको दिनमा सबै कोषहरूलाई पुँजी निर्माणमा केन्द्रित गर्न आवश्वयक छ ।’
भवन ९१ करोड लागतमा छ रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो । समयमै निर्माण सम्पन्न भएको साढे छ तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ समेत रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया