धनगढी । सुदूरपश्चिमा लगानीयोग्य रकमको चरम अभाव भएको छ । ग्राहकले जम्मा गरेको रकम अर्थात् निक्षेपभन्दा लगानी बढी भएपछि अधिकांश बैंकहरूमा लगानीयोग्य रकमको अभाव भएको हो ।
बैंकहरूले गरेको लगानीको अधिकांश हिस्सा उत्पादनमूलक क्षेत्रमा भन्दा आयात र व्यवसाय सञ्चालनमा गएकाले बैंकहरूमा रकमको अभाव चुलिँदै गएको छ ।अर्थतन्त्र चलायमान बनाउन कर्जा अपरिहार्य भए पनि हाल लगानीयोग्य रकमको चरम अभाव देखिएको राष्ट्रिय वाणिज्य बैंक धनगढीका त्रिचन्द्र भण्डारीले बताए ।
‘अर्थतन्त्र सबलीकरण र थप चलायमान बनाउन कर्जाको आवश्यकता पर्छ तर बैंकमा पैसा नै छैन, बैंक मात्र होइन सहकारीमा समेत पैसाको चरम अभाव देखिएको छ’, उनले भने । आर्थिक सरोकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सुदूरपश्चिममा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले ६५ अर्बको हाराहारीमा लगानीमा कर्जा प्रवाह गरेको बताए । त्यसमध्ये ४० प्रतिशतबराबरको रकम भने आयात तथा व्यवसायमा गएको राष्ट्र बैंकको तथ्यांक छ ।
बैंक तथा वित्तीय संस्थाहरूले ठूला उद्योगी व्यवसायीमाथि मात्र लगानी गर्ने र साना उद्यमीलाई उपेक्षा गर्ने अवस्थाका कारण कर्जाको तुलनामा निक्षेप संकलन घट्दै गएको प्राध्यापक डा. पदमराज जोशीले बताए । उनले प्रश्न गर्दै भने, ‘यदि कर्जाको हर्जा नै भएको हो भने त्यसको मुख्य कारण भनेको बैंकहरूले साना लगानीकर्ताहरूलाई गर्दै आएको उपेक्षाको परिणाम हो ।’
कोरोना महामारीपछि व्यवसाय सञ्चालनका लागि रकम आवश्यक परेको र आयात ह्वात्तै बढेकाले कर्जाको माग ह्वात्तै बढेको छ । तर लगानी गर्न बैंकहरूसँग पैसा नै छैन । गत वर्षको मंसिर मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा कर्जा ३१ प्रतिशतले वृद्धि भएको छ । सही समयमा कर्जाका लागि आवश्यक पर्ने निक्षेप भने जम्मा १७ प्रतिशतले बढेको पाइन्छ । सुदूरपश्चिममा निक्षेप संकलनको अंश नै न्यून भएकाले लगानीयोग्य रकम अभाव भएको बैंकरहरू बताउँछन् ।
निक्षेप संकलनको हिसाबले सुदूरपश्चिम प्रदेशको योगदान पाँच प्रतिशत देखिएको बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्टले बताए । उनले भने, ‘यहाँका बैंकहरूमा लगानीयोग्य रकमको निकै अभाव देखिएको छ । निक्षेप संकलन घट्दै गएर यही अवस्थामा कर्जाको माग मात्र बढ्दै जाने हो भने कर्जा दिनै नसक्ने अवस्थाबाट बैंकहरू गुज्रिन सक्छन् ।’ ६५ अर्बको हाराहारीमा लगानी र ४५ अर्बको हाराहारीमा निक्षेप संकलन भएको अवस्था लामो समय रहिरहँदा बैंकहरूमा ताला लाग्ने अवस्था आउने उनले बताए ।
बैंकहरूको लगानी उद्योगमा भन्दा सहजै मुनाफा कमाउन सकिने व्यापार र आयातमा केन्द्रित हुँदा यो स्थिति आएको बताइन्छ । आयातमा लगाइएको कर राज्यको मुख्य आयस्रोत हो । सीमित व्यापारीको प्रभाव हाबी हुँदा वर्षेनी व्यापारघाटा र तरलता अभावको समस्या झेल्नु परिरहेको आर्थिक सरोकार मञ्च कैलालीका अध्यक्ष प्राध्यापक डा. राजेन्द्रवीर चन्दले बताए । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि कुल १८ अर्ब तीन करोड पुँजीगत बजेट छुट्याएकोमा मंसिर मसान्तसम्म ८१ करोड २२ लाख ५८ हजार मात्र खर्च हुँदा आर्थिक परिसूचक समेत कमजोर बन्दै गएको सरोकारवाला बताउँछन् ।
सुदूरपश्चिम प्रदेश गरिबीको हिसाबले मात्रै सबैभन्दा माथि देखिएको नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विनोदराज लेखकले बताए । ‘अर्थतन्त्रका सबै परिसूचक सुदूरपश्चिमका लागि प्रभावकारी देखिँदैन । धर्ती बाँझो राखेर समृद्धि हासिल हुन सक्दैन’, उनले भने, ‘कृषि, पर्यटन, जडीबुटी, जलविद्युत्लगायत क्षेत्रलाई उपेक्षा गरेर वितरणमुखी र उपभोगमुखी हाम्रो आनीबानीका कारण पनि विकासमा सुदूरपश्चिम निकै पछाडि छ ।’
पुँजीगत खर्च बढाउन निकै मिहिनेत गर्नुपर्ने देखिएको उनले बताए । योजना कार्यान्वयन गर्न अख्तियारी पर्खिनै नपर्ने व्यवस्था प्रदेश आर्थिक ऐनमा गरिएको भए पनि पहिलो पाँच महिनाको पुँजीगत खर्च पनि निराशाजनक देखिएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया