Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगईयूको कालोसूचीबाट हटाउन पहल

ईयूको कालोसूचीबाट हटाउन पहल


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताएका छन् । युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसद्मा विधेयक पेश भएको भन्दै उनले ती विधेयक छिट्टै पारित गराउने समेत बताए ।

मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सिधा हवाइ उडानको प्रस्ताव पनि आफूले राखेको जानकारी दिए । साथै उनले सरकारी कर्मचारीलाई भ्रमण काज विदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पु-याइएको बताए । यस्तै उनले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरोत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको पनि जानकारी दिए । समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले कोभिड १९ विरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोज समेत छिटो लगाउने प्रबन्ध मिलाउन आग्रह गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x