Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचांगनको प्रिमियम पिक–अप ‘हन्टर’ नेपाली बजारमा

चांगनको प्रिमियम पिक–अप ‘हन्टर’ नेपाली बजारमा


काठमाडौँ । अटोमोबाइल ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम पिक–अप ‘हन्टर’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले चांगन हन्टरलाई धेरै नेपाली ग्राहकहरुको मनमा राज गर्ने आफ्नो प्रमुख उत्पादनहरुमध्ये एक भएको समेत बताएको छ । अहिले हन्टरको प्रि–लन्चको अभियान सञ्चालन गरिहरको कम्पनीले जनवरी अन्तिमसम्म यसको लन्च गर्ने योजना बनाइरहेको जनाएको छ ।

हन्टरमा १.९ टर्बोचाज्र्ड इन्जिन छ जसमा १९१० सीसीको डिस्प्लेसमेन्ट रहेको छ । यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ । हन्टरको ३९१० एमएमको ह्विल बेस छ । साथै यो २३० एमएम ग्राउन्ड क्लियरेन्ससहित आउँछ, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो छ ।

यसबाट गाडीको अन्डरबडी र चेसिसमा हुनसक्ने सबै प्रकारको क्षतिबाट गाडीलाई बचाउन सकिन्छ । यसको कुल वजन ३०५० केजी र १ टनको पेलोड बोक्न सक्छ । यो सेग्मेन्टकै उत्कृष्ट १० इन्चको एचडी इन्फोटेनमेन्ट टच स्क्रिनका साथ यात्रा मनोरञ्जनात्मक हुने कम्पनीको दाबी छ । हन्टरमा पुस इन्जिन स्टार्ट बटन जडान गरिएको छ । अझ सुविधायुक्त बनाउन हन्टरमा क्रुज कन्ट्रोल सुबिधा रखिएको छ ।

क्रुज कन्ट्रोलले बाटोको अवस्थाअनुसार मिल्दो स्पिड, सुनिश्चित गर्न मद्दत गर्दछ । अझ टायर प्रेसर मोनिटरिङ सिस्टमले गर्दा गाडीको टायर कन्डिसन उच्च विन्दुमै हुने गर्छ । यस्तै हन्टर ६–स्पिड अटोमेटिक गेयर ट्रान्स्मिसनको साथमा आउने गर्दछ, जसले आफैँ रोडको कन्डिसनअनुसार गियर बदल्न मद्दत गर्दछ । हन्टरले चालक र सहचालकलाई विशेष ध्यानमा राखी आरामदायी पावर असिस्टेन्ट सिट प्रदान गरेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यस प्रिमियम पिक–अपले, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राममार्फत गाडीको उचित ख्याल राख्छ । यसमा अटो स्टप क्लाइम्ब सुविधा भएकोले गर्दा ग्राहकहरुले उकालो पहाड चढ्दा कुनै पनि किसिमका समस्याहरुबाट जुध्नुपर्नेछैन ।

यसमा हिल डिसेन्ट कन्ट्रोलले गर्दा ओरालो झर्दा कुनै पनि समस्या आउनेछैन । साथै यसमा स्पोर्ट मोड अन गरेपश्चात् चालकलाई एक्सिलरेसन बढेको महसुस हुनुका साथसाथै इको–मोडमा यात्रा निकै किफायती पनि हुने गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x