टेलिकमको निमित्त प्रबन्धनिर्देशकमा वैद्य
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्धनिर्देशकमा कम्पनीकी नायब प्रबन्धनिर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरको निर्णयानुसार उनी निमित्त प्रबन्धनिर्देशकमा नियुक्त भएकी हुन् ।
मन्त्रालयले प्रबन्धनिर्देशकको पदका लागि दरखास्त आह्वान गरेको छ तर हाल सो प्रक्रिया सम्पन्न नभइसकेकोले तत्कालको कामकाजको लागि वैद्यलाई नियुक्त गरिएको हो । मन्त्रालयले आइतबार वैद्यलाई निमित्त प्रबन्धनिर्देशक भई कामकाज गर्न पत्र पठाएको थियो ।
उनले कम्पनीको नायब प्रबन्धनिर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । सोमबारदेखि भने उनले निमित्त प्रबन्धनिर्देशकको जिम्मेवारी सम्हालेकी छिन् ।
पदभार ग्रहन गर्दै उनले सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरु, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरु तथा नियामक निकायलगायत अन्य सरोकारवालाको तर्फबाट प्राप्त हुने सल्लाह, सुझाव, गुनासाहरु छिटो/छरितो तथा उचित रुपले सम्बोधन गर्ने बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया