ओप्पोद्वारा ‘इमेजिङ एनपीयू–मारिसिलिकन’ सार्वजनिक
काठमाडौँ । ओप्पोले पहिलो अत्याधुनिक इमेजिङ एनपीयू–मारिसिलिकन सार्वजनिक गरेको छ ।
कम्पनीले ओप्पो इन्नो डे २०२१ मार्फत म६ एनएम प्रोसेस प्रविधिबाट बनाइएको एनपीयू–मारिसिलिकन सार्वजनिक गरेको हो ।
मारिसिलिकन एक्समा अत्याधुनिक एनपीयू, आईएसपी र मल्टि–टायर मेमोरी आर्किटेक्चरको समीकरण रहेको छ । यसमा ऊर्जाबचतका, उत्कृष्ट कार्यदक्षता, रियल–टाइम आरएडब्ल्यू प्रशोधनका साथै उत्कृष्ट लाइभ प्रिभ्युसहित फोरके एआई नाइट भिडियो कैद गर्ने क्षमता समेत रहेको कम्पनीले जनाएको छ ।
एक दशक लामो अनुभव बोकेको उक्त कम्पनीले क्यामेरा मोड्युल्स, लेन्स र अल्गोरिदमका क्षेत्रमा आफूलाई उद्योगकै ठूला नवप्रवर्तनको प्रवर्तकका रुपमा उभ्याएको छ । ओप्पोका वरिष्ठ निर्देशक जियांग बिओका अनुसार नयाँ अत्याधुनिक ईमेजिङ एनपीयू कम्पनीका लागि अहिलेसम्मकै ठूलो सफलतामध्ये एक हो ।
यसले मोबाइल इमेजिङ प्रणालीलाई थप शक्ति प्रदान गर्दै उपभोक्तालाई अद्वितीय अनुभव प्रदान गर्ने उनको भनाई छ । मारिसिलिकन एक्सको एनपीयूले १८ ट्रिलियन प्रतिसेकेन्ड (टीओपीएस), एआई अल्गोरिदमका लागि आवश्यक कम्प्युटिङ शक्तिभन्दा अधिक उत्सर्जन गर्ने क्षमता बोकेको छ ।
यसमा रहेको ११.६ टीओपीएस प्रतिवाट शक्ति क्षमताका कारण एनपीयूले ब्याट्रीको अधिक खपतविना नै उच्चस्तरीय कार्य प्रदर्शित गर्ने क्षमता बोकेको कम्पनीको भनाई छ । एनपीयूमा अत्याधुनिक डेडिकेटेड टेरा–बीपीएस मेमोरीको सहप्रणाली पनि समाहित छ ।
यसले मारिसिलिकन एक्सलाई सञ्चयक्षमतामा कुनै ह्रासविना नै एनपीयूको कम्प्युटिङ क्षमताको पूर्ण उपयोग गर्ने शक्ति प्रदान गर्छ । मारिसिलिकन एक्समा ८.५ जीबी/एसको अतिरिक्त ब्याण्डविथसहितको डेडिकेटेड डीडीआर जडान गरिएको छ ।
यसको मल्टिटायर मेमोरी आर्किटेक्चरले ढिलासुस्तीमा व्यापक कटौती गर्दै आवश्यक दोहोरो रिड साइकलका कारण हुने ऊर्जाखपतमा न्यूनीकरण पनि ल्याउने कम्पनीको भनाइ छ ।
यस्तै मारिसिलिकन एक्समा शक्तिशाली आईएसपी उपलब्ध छ । यसले गर्दा २० बिट १२० डीबी डायनामिक रेन्जका तस्बिर कैद गर्न सकिनेछ । यो भनेको फाइन्ड एक्सथ्रीका तुलनामा ४ गुणा बढी हो ।
यसले तस्बिरमा सर्वाधिक उज्यालो र अँध्यारो क्षेत्रमा पनि जीवन्त दृश्य कैद गर्न सघाउँछ । डुअल इमेज पाइपलाइन डिजाइन र डबल रअ सुपर स्याम्प्लिङको उपयोगद्वारा मारिसिलिकन एक्सले ओप्पोको आरजीबीडब्ल्यू सेन्सरको पूर्ण क्षमता समेत उजागर गर्छ ।
आरजीबी र ह्वाइट सिग्नलको एकीकरण र छुटाइको समर्थन गर्दै यसले ८.६ डीबीको सुदृढ सिग्नल टू न्वोइज रेसियो र टेक्स्चरको गुणस्तरमा १.७ एक्सको सुधारका साथ फोटो तथा भिडियो दुवैमा जीवन्तता प्रदान गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार इमेजिङ एनपीयूका रुपमा मारिसिलिकन एक्सले कम्प्युटेसनल फोटोग्राफीमा नयाँ युगको थालनी गरेको छ । कार्य दक्षता र सम्पादन क्षमता दुवैमा व्यापक विकासका साथ यसले स्पष्ट तथा गुणस्तरीय भिडियोहरुका लागि एआई न्वोइज रिडक्सन अल्गोरिदमको शक्ति उजागर गरेको छ ।
यसमा रहेको डायनामिक रेञ्ज र सुदृढ कलर रिप्रडक्सनका कारण भिडियोका हरेक फ्रेम तस्बिरकै तुलनामा स्पष्ट र सटिक हुन्छन् । मारिसिलिकन एक्सले आफ्नो ब्यवसायिक डेब्यू सन् २०२२ को पहिलो त्रैमासमा फाइन्ड एक्स सिरिज मार्फत गर्नेछ ।
यसैका साथ स्मार्टफोन प्रयोगकर्ताहरुका लागि शक्तिशाली ईमेजिङ अनुभवको थालनी हुने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया