‘कमेडी क्लब विथ च्याम्पियन्स’ माघदेखि प्रसारण हुने
काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो कमेडी शो कमेडी क्लब विथ च्याम्पियन्स माघदेखि नियमित रुपमा प्रसारण हुने भएको छ । कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनद्वारा कि एड्भर्टाइजिङ सर्भिस प्रालिका लागि उक्त कमेडी सो नियमित उत्पादन गरी कि एड्भर्टाइजिङ सर्भिस प्रालिले नेपाल टेलिभिजनमा प्रसारण गर्ने भएको हो । युट्युबमा भने थ्री प्रोडक्सनबाट प्रसारण हुने बताइएको छ ।
उक्त कार्यक्रमको मार्केटिङ कि एड्भर्टाइजिङ सर्भिस प्रालिले गर्नेछ । नेपाली कमेडीजगत्लाई अझै शिखरमा पु¥याउन कमेडी क्लब विथ च्याम्पियन्स मेगा–शोले मद्दत पुग्ने विश्वास लिइएको छ । उक्त मेगा–शो माघ महिनाबाट प्रत्येक सोमबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिनेछ । कमेडी क्लब विथ च्याम्पियन्सका मुख्य कलाकारका रुपमा पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुबेदी, साजन श्रेष्ठ, उमेश राई (फुलन्दे कि आमा), सुमन कार्की र कैलाश कार्की रहनेछन् ।
त्यसैगरी कमेडी च्याम्पियन सिजन एक र दुईका सम्पूर्ण कलाकारहरुको पनि विभिन्न भागहरुमा उपस्थिति हुनेछ । हाँसो र व्यङ्ग्यमार्फत परिवार, समाज र आम जनमानसमा मनोरञ्जन प्रदान गर्ने विश्वास आफूहरुले लिएको आयोजकको भनाइ छ । साथै देशका लब्धप्रतिष्ठित विभीन्न विधाको व्यक्तिहरु पाहुनाका रुपमा स्वीकार गरी कार्यक्रमलाई अझ रोमाञ्चक बनाइने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया