Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको नयाँ शाखा नेपालगञ्जमा

सिद्धार्थ बैंकको नयाँ शाखा नेपालगञ्जमा


बाँके, माघ २२
एक सय ३३ अर्ब निक्षेप रहेको सिद्धार्थ बैंकले नेपालगञ्जमा दुईवटा शाखा विस्तार गरेको छ । बैंकले न्यूरोड र वीपीचोकमा मंगलबार शाखा विस्तार गरेको हो । यो शाखासहित सिद्धार्थको नेपालगञ्जमा तीनवटा शाखा भएको छ भने जिल्लाभरि पाँचवटा पुगेको छ । सिद्धार्थ बैंकका वरिष्ठ नायब महाप्रबन्धक शेरबहादुर बुढाथोकीका अनुसार, सिद्धार्थको देशभरमा एक सय ८० वटा शाखा छन् । बैैंकले एक सय ३३ अर्ब निक्षेप र एक सय २३ अर्ब लगानी गरेको छ । ५ नम्बर प्रदेशमा साढे तीन अर्ब निक्षेप संकलन गरेर सात अर्ब बढी लगानी गरेको छ । वरिष्ठ नायब महाप्रबन्धक बुढाथोकीले ५ नम्बर प्रदेशमा निक्षेप संकलनभन्दा लगानी बढी गरेको बताए ।

नेपालगञ्जमा खुलेको नयाँ शाखाको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक मुक्तिप्रसाद सापकोटा, सिद्धार्थका वरिष्ठ नायब महाप्रबन्धक शेरबहादुर बुढाथोकी, ५ नम्बर प्रदेश प्रमुख उपेन्द्र गड्तौलाले उद्घाटन गरे । नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर थापाले सिद्धार्थ जनताको विश्वासिलो बैंक भएकाले पालिकाहरूसँग समन्वय गरेर दुर्गम गाउँहरूमा पुग्न सुझाव दिइन् । उनले बैंकहरूले सामाजिक उत्तरदायित्वमा जोड दिन आग्रह गरिन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x