युनिमनीको -याफल ड्र क्याम्पियन सुरू
काठमाडौँ । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई लिमिटेड र आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आईएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको -याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।
-याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरु युनिमनी कतार मोबाइल वा युनिमनीको अफिसियल वेबसाइटमार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन १३ साथै ३० जना सेवाग्राहीहरुले दुई ग्राम, चार ग्राम र आठ ग्राम गरी एक सय ग्राम सुन जित्न सक्नेछन् । क्याम्पियनको अवधि १ जनवरीदेखि १४ मार्चसम्म जम्मा ६९ दिनका लागि लागू हुने कम्पनीले जनाएको छ ।
विद्युतीय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ । उक्त क्याम्पियनमा दुईवटा -याफल ड्र गरी दुईचोटि २०/२० जना गरेर पुरस्कार विनियोजन गरिएको छ ।
क्याम्पियनबारे जानकारी दिँदै युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको नयाँ क्याम्पियनले आफरहरु उत्साहित रहेको बताए ।
साथै उनले सबै ग्राहकहरूलाई बैंक खाता, आईएमई पे वालेट वा नगद पिक–अपको रूपमा सिधै पैसा पठाउन सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्ने उल्लेख गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया