Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरिसंघका पदाधिकारी र स्विस राजदूतबीच भेटवार्ता

परिसंघका पदाधिकारी र स्विस राजदूतबीच भेटवार्ता


काठमाडौं माघ २२
नेपालका लागि स्विट्जरल्यान्डका राजदूत महामहिम एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच मंगलबार परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । भेटमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल स्विट्जरल्यान्ड बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नुपर्ने समय आएको बताए ।

स्विट्जरल्यान्डले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका साथै विशेषतः नेपालको गलैँचाको उत्पादन र विकासका साथै प्राविधिक शिक्षामा गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गरे । उत्पादनमूलक क्षेत्र, पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेकोतर्फ अध्यक्षले राजदूतको ध्यानाकर्षण गराए ।

सो अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स सांसद विनोद चौधरीले उद्योग र ऐतिहासिक औद्योगिक प्रतिष्ठानहरुको संरक्षण गर्न परिसंघले स्विस दूतावाससँग सहकार्य गर्नसक्ने सम्भावना रहेको उल्लेख गरे । भेटमा राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डले स्विट्जरल्यान्ड र नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताइन् । लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता पनि राजदूत ओस्वाल्डले उल्लेख गरिन् ।

भेटवार्तामा परिसंघका प्रबुद्ध परिषद् (थिंक ट्यांक) का संयोजक डा. शम्भुराम सिंखडाले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न स्विस लगानीकर्ताहरुलाई प्रेरित गर्न पनि राजदूतसमक्ष आग्रह गरे । ऊर्जा र अन्य पूर्वाधार परियोजना तथा नयाँ स्टार्टअप व्यापारमा समेत स्विस लगानीकर्ताका लागि उपयुक्त समय आएको उनले उल्लेख गरे । सो अवसरमा परिसंघका पदाधिकारी उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x