मध्यपहाडीमा सवारी सञ्चालन गर्न अनुमति चाहिने
रुकुम पूर्व । रुकुमपूर्वमा मौसममा सुधार नआएसम्मका लागि भनेर मध्यपहाडी लोकमार्ग सञ्चालनमा रोक लगाइएको छ ।
रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातका कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । राजमार्गको अवरोध हटाउन सञ्चालन समितिको बैठक बसेर यस्तो निर्णय गरिएको समितिको संयोजकसमेत रहेको प्रजिअ बाँस्कोटाले बताए ।
जिल्लास्थित सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायीको उपस्थितिमा गरिएको छलफल र यातायात व्यवसायीबाट आएको सुझावका आधारमा मध्यपहाडी लोकमार्गको पातीहाल्ना खण्डमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो । मध्यपहाडी लोेकमार्गमा जमेको साढे दुई फिट हिउँ पाँच दिन लगाएर डोजरले पन्छाएको तर त्यसमा सवारी सञ्चालन गर्न धेरै नै जोखिम रहेकाले लोकमार्ग बन्द गर्ने निर्णय गरिएको प्रजिअ बाँस्कोटाले बताए । उनका अनुसार यस खण्डमा सार्वजनिक सवारीलाई पूर्णरूपमा रोक लगाइएको छ । निजी फोरबिल वाला गाडी भने जान सक्नेछन् ।
अत्यावश्यक परेको खण्डमा मात्र सार्वजनिक गाडी प्रहरीको अनुमतिमा यस खण्डमा चलाउन सकिनेछ । गाडीको अवस्था कस्तो छ र लोड कत्तिको छ भनेर हेरेपछि प्रहरीले उपयुक्त ठानेर पठाएको खण्डमा मात्र सार्वजनिक गाडी पातीहाल्नाको बाटो भएर जानेछन् । एक–दुई दिनलाई भने पूर्णरूपले लोकमार्ग ठप्प रहेको प्रजिअ बाँस्कोटाले बताएका छन् । रुकुमपूर्वबाट बागलुङतर्फ जाने बाटो हिउँले चिप्लो बनाएको र उकालो पर्ने भएकाले दुर्घटना हुनसक्ने जोखिम धेरै रहेको उनको भनाइ छ ।
बागलुङतर्फबाट भने एकतर्फीरूपमा रुकुमपूर्वतर्फ केही सवारी जोखिम मोलेर आइरहेका छन् । बागलुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सकभर उतापट्टिबाट पनि यस खण्डमा सवारी सञ्चालनमा रोक लगाउने प्रयास गरिरहेको प्रशासनले जनाएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यस खण्ड हुँदै रुकुमपूर्वसँगै काठमाडौँ, पोखरा, रोल्पा, ओहोरदोहोर गर्ने मानिस समस्यामा परेका छन् ।(रासस)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया