Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदुई सहकारी मर्ज भएर ॐ श्रीशान्ति बहुउद्देश्यीयका नामबाट एकीकृत कारोबार

दुई सहकारी मर्ज भएर ॐ श्रीशान्ति बहुउद्देश्यीयका नामबाट एकीकृत कारोबार


काठमाडौँ । श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेड बानेश्वर र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोङ्गबु, एक आपसमा गाभिएर ॐ श्रीशान्ति बहुउद्देश्यीय सहकारीका नामबाट एकीकृत कारोबार सुरु भएको छ । शनिबार उग्रतारा सहकारीको २२ औं साधारणसभा र ॐ शान्तिको १३औँ वार्षिक साधारण सभालाई एकिकृत साधारण सभाको रुपमा परिणत गरी बहुमत सदस्यको अनुमतिपछि एकीकृत कारोबार सुरु गरिएको घोषणा गरिएको थियो ।

संयुक्त साधारणसभाले एकीकृत कारोबारको लागि अत्याधुनिक सफ्टवेयर प्रयोग गरी सदस्यहरुले जुनसुकै सेवा केन्द्रबाट सेवा लिनसक्ने र भविष्यमा सेवा केन्द्रहरुको विस्तार गरी कार्यक्षेत्रको समेत विस्तार गर्ने, ट्याब्लेट बैंकिङ्गको सुरुवात गर्ने र आधुनिक सूचना प्रविधिको प्रयोग गरी सदस्यहरुलाई मोबाइल बैंकिङ्ग सेवा समेत प्रदान गर्ने योजना तय गरेको संस्थाका अध्यक्ष गोविन्द शर्माले बताए ।

यसैगरी संस्थाले सदस्यहरुको लागि ‘जन्मदेखि मृत्युसम्म ॐ श्रीशान्ति सहकारी हरेक सदस्यको घरघरसम्म कार्यक्रम’अन्तर्गत सदस्य बीमा कार्यक्रमको सुरुवात गर्ने भएको छ । साथै संस्थाका सदस्यहरुलाई सुत्केरी भेटघाट कार्यक्रमअन्तर्गत महिला उपसमितिको समन्वयमा कपडा (लुगा) र एक हजार पाँच सय रुपैयाँ भत्तासहित भेटघाट गर्ने कार्यक्रम लागू गरिएको अध्यक्ष शर्माले बताए ।

एकीकरणपश्चात् संस्थाको विनियम पुनर्लेखन गर्ने, आन्तरिक नीतिहरु परिमार्जन गर्ने र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी सहकारी संघ/संस्थालाई जारी गरिएको निर्देशन २०७४ बमोजिम संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणहरु अद्यावधिक गर्ने कार्य गरिरहेको शर्माले जानकारी दिए ।

अध्यक्ष शर्माले संस्थाको भावी कार्यक्रम र योजनाअन्तर्गत समान प्रकृतिका संस्थाहरुसँग एकीकरण गर्ने, संस्थाको सेयर पुँजीको वृद्धि गरी चार करोड पु-याउने, निक्षेप वृद्धि गरी १४ करोड पु-याउने र सदस्यहरुको वृद्धि गरी चार हजार पाँच सय पु-याउने लक्ष्य पेश गरेका थिए ।

साधारणसभाको उद्घाटन गर्दै कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख प्रदिपराज अधिकारीले पुँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी बढाउन अनुरोध गर्दै समृद्धि र शान्ति सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x