भायानेटको अल्ट्राफाई टिकटक च्यालेन्ज
काठमाडौँ । इन्टरनेट प्रदायक संस्था भायानेटले ५० हजार रुपैयाँको पुरस्कार राशीसहितको अल्ट्राफाई टिकटक च्यालेन्ज योजना सार्वजनिक गरेको छ । भायानेटले केही समयअघि काम गर्ने, खेल्ने र पढ्ने बढ्दो आवश्यकताहरू पूरा गर्न आफ्ना ग्राहकहरूलाई उच्च–गति, उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले आकर्षका अफरसहित ‘अल्ट्रा–फाई प्याक’ लन्च गरेको थियो ।
यसै अफरमा ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै भायानेटले ‘भायानेट अल्ट्रा–फाई टिकटक च्यालेन्ज’ नामक टिकटक प्रतियोगिता ल्याएको हो । यो प्रतियोगिता कुनै पनि उमेर समूहको लागि खुल्ला रहेको कम्पनीले जनाएको छ ।
प्रतियोगितामा भाग लिन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिनेछ । कम्पनीका अनुसार यो प्रतियोगिता जनवरी १ देखि फेब्रुअरी २८ सम्म खुला रहनेछ । सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले ५० हजार जित्नेछन् ।
भायानेटका कर्मचारी र परिवारका सदस्यहरू भने प्रतियोगितामा जित्नका लागि योग्य नहुने कम्पनीले जनाएको छ । यदि विजेता कुनै पनि हिसाबले कर्मचारी वा परिवारको सदस्यको रूपमा सम्बन्धित भएको पाइएमा, प्रविष्टि र प्रतियोगीलाई अयोग्य घोषित गरिनेछ । यस्तै प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया