Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको प्राङ्गणमा ‘अष्ट्रेलियन एड्मिसन मन्थ’ आयोजना

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको प्राङ्गणमा ‘अष्ट्रेलियन एड्मिसन मन्थ’ आयोजना


काठमाडौँ । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले आफनो प्राङ्गणमा अष्ट्रेलियन एड्मिसन मन्थ २०२२ को आयोजना गरेको छ ।

विगत १२ वर्षदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले यही जनवरी ८ देखि ३१ तारिखसम्ममा उक्त कार्यक्रम गरेको हो । कार्यक्रम बागबजारमा अवस्थित क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीको प्राङ्गणमा भइरहेको छ ।

कार्यक्रममा विभिन्न कलेजका प्रतिनिधि जनवरी ८ देखि ३१ तारिखसम्म विद्यार्थीहरूको अस्ट्रेलिया पढ्न जानेसम्बन्धी सल्लाह सुझाव प्रदान गरिनेछ । यस्तै विद्यार्थीको जिज्ञासाको समाधान गरिने बताइएको छ । महामारी अझै पनि अन्त नभएको र उच्च सावधानीका साथ विद्यार्थी र अभिभावकलाई २५ दिने परामर्श राखिएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीका चेयरम्यान शिशिर सिम्खडाले बताए ।

हरेक दिन फरक फरक शैक्षिक संस्थाको प्रतिनिधित्व गर्दै विद्यार्थीहरुलाई परामर्श प्रदान गरिने हुँदा कोरोना संक्रमणको सम्भावना पनि कम हुने र आफूले खोजेको कलेज, कोर्स र अवसरका बारेमा प्रत्यक्ष कलेज प्रतिनिधिसँगै साक्षात्कार गर्न पाइने हुँदा यो एड्मिसन मन्थ निकै उपयोगी हुने आयोजकले विश्वास लिएको छ ।

कार्यक्रमले विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सहज हुने अपेक्षा लिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x