Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण सुरु’

‘भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण सुरु’


मस्को, माघ २२
रसियाका उद्योग तथा वाणिज्य मन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण गर्न थालिएको जानकारी दिएका छन् । उनले रसिया र भारतबीच सम्पन्न सम्झौता अनुरुप अल्माज–आन्टे कम्पनीले उक्त उपकरणको उत्पादन सुरु गरेको र तोकिएकै मितिमा भारतलाई हस्तान्तरण गरिने बताएको एएनआईले जनाएको छ । भारतले पाँच वटा एस–४०० प्रतिरक्षा प्रणालीका लागि रसियासँग ५ अर्ब ४३ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो ।

मन्त्री मान्टुरोभले एस–४०० का लागि तालिम केन्द्र भारतमा निर्माण गर्न थालिएको पनि जानकारी दिए । रसियाले निर्माण गरेको यस अत्याधुनिक प्रतिरक्षा उपकरणलाई लिएर अमेरिकाले विशेष चासो दिने गरेको छ । टर्कीले यस्तै उपकरण खरिद गरेको भन्दै टर्की विरुद्ध अमेरिकाले सैनिक सहयोग र सहकार्य रोक्ने वा कटौती गर्ने चेतावनी दिइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x