‘बिजुलीको खपत बढाउने विषय नै अहिलेको प्रमुख आवश्यकता’
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको खपत बढाउने विषय नै अहिलेको प्रमुख आवश्यकता रहेको बताएकी छिन् । सरकारको पहिलो प्राथमिकता विद्युत् खपतलाई वृद्धि गर्दै लैजानेमा नै केन्द्रित रहेको उनको भनाई छ ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल पावर एक्सचेञ्ज लिमिटेडको सहकार्यमा आयोजित नेपाल पावर मार्केट समिट २०२२ लाई सम्बोधन गर्दै उनले बिजुलीको खपत बढाउन सरकारले विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिएको समेत जानकारी दिइन् । उनले प्रतिव्यक्ति विद्युत् खपत न्यून रहेकाले यसलाई कम्तिमा प्रतिव्यक्ति विद्युत् खपत सात सय युनिट पु-याउनुपर्ने आवश्यकता औँल्याइन् ।
साथै उनले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान समेत गरिन् । स्वदेशी बिजुलीको खपत स्वदेशमा नै गर्नुपर्छ भन्ने ध्येय सरकारको रहेको उनको भनाइ छ । ‘हामीले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई विशेष आह्वान गर्दै आएका छौँ । सरकार थप सहजीकरणका लागि तयार छ’, उनले भनिन् । अहिले निजी क्षेत्रबाट सञ्चालित उद्योगले मागेअनुसार विद्युत् उपलब्ध गराउँदै आएको विवरण पेश गर्दै उनले बिजुलीलाई कच्चा पदार्थको वस्तुका रूपमा लिएर त्यसलाई बढावा दिनुपर्नेमा समेत जोड दिइन् ।
‘एकातिर हामीले विद्युत् खपतलाई प्राथमिकतामा राखेको छौँ भने अर्कोतर्फ अन्तरदेशीय विद्युत् व्यापारका लागि निरन्तर राजनीतिक एवं कूटनीतिकस्तरमा विचार विमर्श गर्दै आएका छौँ’, उनले भनिन्, ‘यस प्रकारको छलफललाई अझ तीव्रता दिँदै थप उपलब्धि हासिल गर्नेतर्फ नेपाल सरकार लागेको छ ।’ विद्युत् उत्पादन र खपतको वास्तविकता र यस क्षेत्रका मित्रराष्ट्रको ऊर्जाको आवश्यकताका आधारमा पनि एकआपसमा सहकार्य गर्ने उनको भनाइ छ । नेपालमा उत्पादन बढी हुँदा मित्रराष्ट्रमा विद्युत्को माग बढी हुने गरेकाले पनि विद्युत बिक्री गर्न सहज रहेको उनले बताइन् ।
मन्त्री भुसालले विद्युत् व्यापारको क्षेत्रमा भारतसँग महत्वपूर्ण सहमति गरेको र त्यो दक्षिण एसियाकै ऊर्जा व्यापारका सम्बन्धमा कोसेढुङ्गा बन्ने समेत उल्लेख गरिन् । समझादारी बहुपक्षीयस्तरमा पनि गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि सरकारले विभिन्नस्तरबाट निरन्तर पहल गरिरहेको समेत उनले जानकारी दिइन् । नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले पछिल्लो समयमा निजी क्षेत्रले ऊर्जा व्यापारका सम्बन्धमा पनि निरन्तर छलफल र बहस चलाएको उल्लेख गरिन् ।
हालै मात्र सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तर्देशीय विद्युत् व्यापारको अनुमति प्रदान गरेको छ । मन्त्रालय अन्तरदेशीय विद्युत् व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि विद्युत् व्यापारका लागि अनुमति दिने तयारीमा रहेको उनको भनाइ छ ।
विद्युत् व्यापारका क्षेत्रमा नेपालको मात्र नभई भारत तथा बङ्गलादेशका निजी क्षेत्रले पनि यस किसिमको चासो राख्नुलाई आफूले सकारात्मक अर्थमा लिएको तथा यस्तो सक्रियताले क्षेत्रीय विद्युत् व्यापारमा महत्वपूर्ण सफलता प्राप्त गर्ने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया