फोहोरमैला व्यवस्थापन संघको अध्यक्षमा आचार्य
काठमाडौँ । फोहोरमैला व्यवस्थापन संघ नेपाल (स्वामान्)को अध्यक्षमा धनप्रसाद आचार्य चयन भएका छन् । संघको शनिबार सम्पन्न छैठौँ साधारणसभाले दुई वर्षको लागि अध्यक्ष पुनः आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस्तै संघको वरिष्ठ उपाध्यक्षत्रयमा सहदेव राउत, रामकुमार घिमिरे, बबरमान तामाङ, महासचिवमा मित्रप्रसाद घिमिरे, सचिवद्वयमा भूपाल आचार्य, निरकुमार वाग्ले, कोषाध्यक्षमा राजेन्द्र पोख्रेल, सहकोषाध्यक्षमा लक्ष्मीप्रसाद गेलाल चयन भएका छन् । सदस्यहरुमा पदम थापा, मुना न्यौपाने, संगीता वानियाँ, गीता कार्की, नवराज आचार्य, ओमराज लामा, सुवास लामा, केदार के.सी. रामेश्वर पोखरेल लगायतको निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।
साधारणसभाको उद्घाटन पूर्वरक्षामन्त्री एवम् सांसद भीमसेनदास प्रधान र नेपाल सरकारका पूर्वमुख्यसचिव एवं बागमती सफाइका अभियन्ता लिलामणि पौडेलले संयुक्त रुपमा गरेका थिए । संघले सरकारसँग नीतिनियम बनाउने तथा स्थानीय सरकारका निकायलाई समेत आपसी समन्वय र सहकार्य गर्दै फोहोरमैलामा क्रियाशील संघ/संस्थाहरुको वृत्तिविकासका क्षेत्रमा अभिभावकीय भूमिका निर्वाह गर्दै आइरहेको छ । छ वर्षअघि स्थापित यस संस्थामा ७८ वटा संघ/संस्था आबद्ध रहेका छन् ।
स्वामान मुख्य त फोहोरमैलासम्बन्धी कार्यशाला गोष्ठी, फोहोरमैला व्यवस्थापन राष्ट्रिय सम्मेलन, उत्प्रेरणा तथा सम्मान कार्यक्रम, सम्पदा पदयात्रा, बागमती, रुद्रमती, विष्णुमती नदी र विभिन्न सरसफाइ अभियानमा सहभागि, कार्य सञ्चालन निर्देशिका जारी, अवलोकन भ्रमण, अध्ययन भ्रमणजस्ता कार्यक्रमहरूमा क्रियाशील रहेको संस्थाका अध्यक्ष आचार्यले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया