Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनागरिकता बनाउन डेढ लाख घुस !

नागरिकता बनाउन डेढ लाख घुस !


काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिकाका जनप्रतिनिधिले नागरिकता बनाउनको लागि सेवाग्राहीसँग करिब डेढ लाख रुपैयाँ घुस लिएको पाइएको छ ।भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष भिमबहादुर गुरुङ र वडासदस्य कुलबहादुर गुरुङले नागरिकता बनाउनको लागि सिफारिस दिन एक लाख ३५ हजार रुपैयाँ घुस लिएको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वडाध्यक्ष भिमबहादुर र वडासदस्य कुलबहादुरले दोहोरो नागरिकता बनाउन झुटो विवरणको आधारमा सिफारिस दिई सेवाग्राहीसँगबाट उक्त रकम लिएका थिए । आयोगले वडाध्यक्ष र सदस्य गुरुङद्वयलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा बिगो एक लाख ३५ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को खण्ड (घ) बमोजिम सजाय माग गरी बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

यस्तै घुस लिएको रकम सेवाग्राहीलाई नै फिर्ता दिलाइपाउन साथै वडाध्यक्ष भिमबहादुर गुरुङले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुटो विवरणको आधारमा बदनियतपूर्वक गलत सिफारिस गरिदिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय मागदाबी गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x