आर्थिक स्थितिबारे प्रधानमन्त्रीको दाबी कति सही ?
काठमाडौं । सामान्यतया कुनै पनि सरकारले आफ्नो सय दिनको कार्यकालमा त्यो बेलासम्मको कामको प्रगति देखाउने चलन छ । यहीबेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन पनि गर्नेगरेको पाइन्छ । तर त्यो सय दिनमा मौन बसेका प्रधानमन्त्री शेरबहादुर देउवाले छ महिनाको कार्यकालमा भने सम्बोधन गरे । यो सम्बोधन गर्दा उनी प्रधानमन्त्री भएको ठीक छ महिना आठ दिन पुगेको थियो ।
यो सरकारको छ महिना गएको पुस २९ गते नै पुगेको थियो । त्यसबेला धेरैले अपेक्षा गरेका थिए यस्तो सम्बोधनको । सय दिनमा सम्बोधन नभएको कारण हुनुपर्छ त्यो दिनसम्म मन्त्रिपरषद्ले नै पूर्णता नपाउनु । ८८ दिन लागेको थियो यसले पूर्णता पाउन । जे होस् मुलुकसामु प्रधानमन्त्रीले यो समयको आफ्नो कामकुराको विवरण सुनाउन आवश्यक ठानेको रूपमा लिनुपर्छ यो सम्बोधनलाई ।
सम्बोधनमा के भयो भन्ने पाटो छुट्टै छ । यो छ महिनाको समयमा कतिपय नहुनुपर्ने कुराहरू पनि भए । मन्त्रिपरिषद्ले लामो समयसम्म पूर्णता नपाउनु भनेको कार्यकारिणी राम्रोसँग चलेको छैन भन्ने हो । यो सम्बोधन हुँदासम्म झण्डै सय दिनकै हाराहारीमा हुनेगरी व्यवस्थापिका अवरोधमा छ । न्यायपालिका आजसम्मको इतिहासमै कहिल्यै नभएको गतिरोधमा छ । यस्तो बेलामा आएको प्रधानमन्त्रीको सम्बोधनले केही बोलेको देखिएन ।
हो, विगतमा यस्तो सम्बोधनमा भन्नकै लागि प्रधानमन्त्रीबाट उद्घाटन र शिलान्यास गर्नेगरिएका दृश्यहरू देखिन्थे भने प्रधानमन्त्रीका रूपमा देउवाले त्यस्तो तामझाम देखाएनन् । राष्ट्रका नाममा गरिएको यो सम्बोधनका कतिपय दाबी भने पत्याई नसक्नाकै छन् । जस्तो विगत वर्षहरूजस्तै यो पटक पनि किसानहरूले सिजनमा मल र बीउ पाएनन् । तर प्रधानमन्त्रीको दाबी रह्यो कि यी वस्तुको अभाव हुन दिइएन ।
प्रधानमन्त्रीले छ महिनामा एक सय ७७ किमि सडक कालोपत्रे भएको विवरण सुनाए । यो अवधिमा ८२ झोलुङ्गे पुल बनेछन् । मेलम्ची खानेपानी आयोजनाबाट पानी आउने समय सम्बोधनमा प-यो । भनियो, यही वर्षभित्र काठमाडौँमा मेलम्चीको पानी आउँछ । पानीबारे प्रतिबद्धता त आयो तर कामको प्रगति भने देखाइएन । प्रधानमन्त्री देउवाको सम्बोधनमा आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार हुँदै गएको भन्ने उल्लेख छ । तर यो सम्बोधन हुँदै गर्दा विज्ञहरूले देशको अर्थतन्त्र गम्भीर मोडमा आइपुगेको भनी औँल्याइरहेका थिए । पछिल्लो समय नेपाल राष्ट्र बैंकले नै मूल्यवृद्धि विगत केही वर्षका भन्दा सात प्रतिशतले बढेको देखाएको थियो । विदेशी मुद्रा सञ्चितिमा आएको ह्रासले कति गम्भीर प्रभाव पार्ला भन्ने चिन्ता छँदै छ ।
प्रधानमन्त्रीको सम्बोधनमा परेको कोरोनाविरूद्ध खोपको प्रगति भने आशावादी नै हो । देउवाले आफ्नो नियुक्तिकै समयमा खोपलाई पहिलो र उच्च प्राथमिकतामा राखेका थिए । चैतभित्र सबैलाई पूर्ण मात्रामा खोप दिइने प्रतिबद्धता यो सम्बोधनमा पनि दोहोरिएको छ । तर दिनमा पाँच लाखको दरले खोप लगाउने भनी सरकारले चलाएको अभियान भने असफल भयो ।
पछिल्लो समयका केही दिनबाहेक दिनमा एक लाखमा पनि खोप पुग्न सकेको छैन । त्यसबहेक खोपका बारेमा प्रधानमन्त्रीको सम्बोधनमा यस अवधिमा १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार एक सय ६४ खोप लगाउन योग्य नेपाली जनतामध्येमा ५९ दशमलव ६ प्रतिशतलाई पूर्ण मात्राको खोप उपलब्ध गराइएको छ भने ७८ दशमलव ३ प्रतिशतलाई पहिलो डोजको खोप वितरण गरिसकिएको छ । यो अवधिसम्ममा विभिन्न प्रकारका कुल चार करोड तीन लाख ८८ हजार आठ सय ४० डोज खोप प्राप्त गरी दुई करोड ७४ लाख ७५ हजार नौ सय ९५ डोज खोप वितरण गरिएको भन्ने कुरा सही हो भने खोपको लक्ष्यचाहिँ प्राप्त होला भन्न सकिन्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
- पुँजीगत खर्च बढाउन आग्रह
- विराटनगर भन्सारले गर्यो पूर्णकृष्ण ट्रेडर्सको सबै कारोबार रोक्का
- निर्यात अनुदान कार्यविधि संशोधन हुँदै
- छायादेवी सेन्टरको जग्गा विवाद २४ गते टुुङ्गिँदै
- धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया