एपोलो पेन्ट्सको ब्राण्ड एम्बेसडरमा राजेश हमाल नियुक्त
काठमाडौं । एपोलो पेन्ट्स प्रालिको ब्राण्ड एम्बेसडरमा राजेश हमाल नियुक्त भएका छन् । कम्पनीले पत्रकार सम्मेलन गरी नेपाली चलचित्रका चर्चित नायक राजेश हमाललाई कम्पनीले आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको जानकारी गराएको हो ।
‘एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्ट्स’ भन्ने भावना उत्पन्न गरी उपभोक्ता तथा आमजनमानसमा अझ बढी लोकप्रिय ब्राण्ड बनाउन हमाललाई ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्धित गरिएको कम्पनीले जनाएको छ । एपोलो पेन्ट्सले विगत १८ वर्षदेखि नेपाली उपभोक्ताको मागबमोजिम इनामेल, प्राइमर र सिमेन्ट पेन्ट्स उत्पादन गरी व्यवसाय संचालन गर्दै आएको छ । स्वदेशी पुँजीबाट वस्तुहरू उत्पादन गरी स्वदेशमा नै रोजगारी सृजना गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले महानायक हमालको अनुबन्धितले उपभोक्तामाझ उत्पादनको लोकप्रिय हुने विश्वास लिएको छ ।
नेपाली बजारमा एपोलो पेन्ट्सको हिस्सा १० प्रतिशत भएको कम्पनीको अनुमान छ । साथै कम्पनीले आफ्ना उत्पादन नेपालको सातै प्रदेश शाखा कार्यालय, बिक्री कक्ष राखी पूर्व मेचीदेखि पश्चिमा महाकाली, उत्तरमा भोट र दक्षिण तराई मधेशसम्म बिक्रीवितरण तथा सेवा विस्तार गरेको छ । उपभोक्ताको चाहनाअनुसार विभिन्न ग्रेडका तथा हजारौँ कलर सेन्ड, आधुनिक मेसिनमार्फत उत्पादन गरी बिक्रीवितरण गर्दै आएको कम्पनीको दाबी छ । कम्पनीका उत्पादन प्रकृतिमैत्री, हेल्दी, लिड फ्रि रहेका छन् । आगामी दिनमा पनि उपभोक्तामैत्री, सेवा, सुविधा आवश्यकताअनुसार वृद्धि गर्दै जाने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया