चरीकोट–जिरी ५५ किलोमिटर सडकको कालोपत्रे माघभित्र सकिने
दोलखा । जिल्लाको सदरमुकाम चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडकको कालोपत्रे सकिन लागेको छ । तीन वर्षअघिदेखि चरीकोट–जिरीसम्मको सडकखण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम सुरु गरिएको थियो । यस सडकखण्डअन्तर्गत ५१ किलोमिटर सडकको कालोपत्रे सकिएको सडक आयोजनाका मुख्य परामर्शदाता सीमित ईआएमसी जेभी प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए । बाँकी रहेको चार किलोमिटर सडकको कालोपत्रेको काम पनि चलिरहेकाले यही महिनाभित्र सक्ने गरी काम भइरहेको उनले बताए ।
माघ दोस्रो साताभित्र सकिने काम मौसममा आएको बदलीका कारण चिसो बढेकाले कालोपत्रे गर्न समस्या भएको हाल कालोपत्रेको काम रोकिएको उनको भनाइ छ । ३३ वर्षअघि विदेशीले निर्माण गरिदिएको चरीकोट–जिरी ५५ किलोमिटर सडकको पुरानो कालोपत्रेले काम गर्न छाढेपछि सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने काम लामा कन्स्ट्रक्सनले गरिरहेको छ । आयोजनाले तापक्रम नपुग्ने तथा हिमपात हुने काभ्रेको हिटिमाथिदेखि खावासम्मको चार किलोमिटर सडकको कालोपत्रे हाल्न बाँकी रहेकोे जनाएको छ । मौसम सुधार हुनासाथ दुई साताभित्र सबै कालोपत्रको काम सकिने आयोजनाले जनाएको छ । यस सडकको स्तरोन्नति गर्न भारतीय एक्जिम बैंककले तीन अर्ब ७० करोड सहुलियत ऋण सहयोग गरेको छ ।
सडक निर्माण गर्न सरकारले २०७४ सालमा नेपाली सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सनलाई दुई अर्ब २८ करोडमा निर्माण सम्झौता गरेर जिम्मा दिएको थियो । उक्त सडकको नाला, ग्याबिन वाल, वायुइन्जिनियरिङ कार्य, जोखिम न्यूनीकरणका संरचनासहित ५५ किलोमिटरकै कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो ।
निर्माण कम्पनीले राज्यले तोकेको समयभित्र नै सडकको काम सक्न लागेको हो । यस आयोजनाको सम्झौता म्याद सकिन अझै दुई महिना बाँकी रहेको छ । आयोजनाको म्याद २०७८ फागुनसम्म रहेकोे छ । जिल्लाको मुख्य व्यापारी केन्द्र चरीकोट–तामाकोशी नाम्दु हुँदै मैनापोखरी खावा तथा जिरीलाई जोड्ने यस सडक ३५ वर्षपछि पुनः कालोपत्रे गरिएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया