Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभोको भी२३ई स्मार्टफोन नेपालमा बिक्री सुरु

भिभोको भी२३ई स्मार्टफोन नेपालमा बिक्री सुरु


काठमाडौं । भिभोले आफ्नो भी श्रेणीको पछिल्लो संस्करण भी२३ई स्मार्टफोनको बिक्री सुरु गरेको छ । कम्पनीले उक्त स्मार्टफोन नेपालमा जनवरी १८ मा सार्वजनिक गरेको थियो । सार्वजनिक भएयता नेपाली बजारमा उक्त स्मार्टफोन तथा त्यसमा भएको उत्कृष्ट फ्रन्ट क्यामरा फिचरबारे चर्चा निकै चुलिएको कम्पनीको भनाइ छ ।

भिभोले उक्त स्मार्टफोन प्रि–बुकिङका लागि उपलब्ध गराइएको ४८ घण्टाभित्र एक सयभन्दा बढी सेटहरु प्रि–बुक गरिएको बताएको छ । उपभोक्ताहरुलाई अद्वितीय अनुभव प्रदान गर्न भिभो भी२३ई एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट तथा मल्टि–स्टाइल पोर्ट्रेटसहितका थुप्रै पोर्ट्रेट मोडयुक्त ५० मेगापिक्सेल अटोफोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरा फिचर भएको स्टेलर इनोभेसनसहित आएको छ । सबैखाले अवस्थामा स्पष्ट सेल्फी लिनका लागि एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट तथा मल्टि–स्टाइल पोर्ट्रेट मोड रहेको ५० मेगापिक्सेलको अटोफोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त नयाँ भी२३ई सेल्फीका पारखीहरुका लागि वरदान साबित भएको छ । यसले डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल–भ्यू भिडियो तथा स्टेडिफेस सेल्फी भिडियोका माध्यमबाट फोटो तथा भिडियो खिच्ने अनुभव (शुटिङ एक्सपिरियन्स)मा अझ सुधार ल्याउँछ ।

रातको समयमा फोटो तथा भिडियो खिच्न सौखिनहरुका लागि यसमा पछाडिपट्टि ६४ मेगापिक्सेलको नाइट क्यामरा दिइएको छ । भी२३ई एक्स्टेन्डेड ¥याम २.० प्रविधिसहित आएको छ, जसका कारण आठ जीबी -यामबाहेक आवश्यकता परेको बेला आन्तरिक स्टोरेजको चार जीबीलाई पनि -यामका रुपमा प्रयोग गर्न सकिन्छ । यसले -यामसँग सम्बन्धित चिन्ता हटाएर स्मार्टफोन चलाउँदा कुनै प्रकारको सुस्तताको अनुभव हुन दिँदैन । जम्मा ७.३६ मिलिमिटर मोटाइ रहेको भी२३ई एकदम पातलो र हलुका रहेको छ भने यसमा प्रयोग गरिएको एन्टि–ग्लेयर ग्लासले फोन चलाउँदा निकै रेशमी स्पर्शको अनुभव प्रदान गर्छ । उपभोक्तालाई उत्कृष्ट प्राविधिक उन्नति तथा प्रयोगकर्ता–केन्द्रित इनोभेसन प्रदान गर्न यो डिभाइसमा फनटचओएस १२ अपरेटिङ सिस्टम राखिएको छ । आफ्ना उपभोक्तालाई स्मार्टफोनमा अझ बढी काम गर्न तथा उन्नतस्तरको अनुभव लिन सशक्त बनाउने भिभोको विरासतलाई निरन्तरता दिँदै यो डिभाइसमा ४४ वाटको फ्ल्यासचार्ज फिचर समावेश गरिएको छ ।

भिभो भी२३ई ले उत्कृष्ट सेल्फी फोटोग्राफी अनुभव प्रदान गर्ने तथा सेल्फीका पारखीहरुको आवश्यकता पूर्ति गर्ने भएकाले यसलाई नेपाली स्मार्टफोन बजारमा गेम–चेञ्जर डिभाइसका रुपमा लिन सकिन्छ । शक्तिशाली पर्फर्मेन्स तथा पातलो र स्टाइलिस डिजाइनयुक्त भिभो भी२३ईमा प्राविधिक उन्नति तथा फेसनेबल स्टाइलको सम्मिश्रण रहेकाले यसले दुवै क्षेत्रको उत्कृष्ट अनुभव प्रदान गर्दछ । मूनलाइट श्याडो तथा सनशाइन कोस्ट गरी दुई रंग संयोजनमा उपलब्ध भी२३ई नेपालमा मंगलबारदेखि यो डिभाइस ४४ हजार ९ सय ९९ (८ जीबी -याम/१२८ जीबी स्टोरेज) तथा ४९ हजार नौ सय ९९ रुपैयाँमा (आठ जीबी -याम/२५६ जीबी स्टोरेज) मा खरिदका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ । डिभाइसमा प्रयोग भएको रंगअनुसार तिनीहरको मोटाइ केही तलमाथि हुने हुनाले एउटा रंगको डिभाइसको मोटाइ अर्को रंगको डिभाइसको भन्दा फरक पर्न सक्ने कम्पनीले जनाएको छ । मुनलाइट श्याडो रंगको भी२३ई को मोटाइ ७.३६ मिलिमिटर रहेको छ भने सनशाइन कोस्ट रंगयुक्त सेटको भने ७.४१ मिलिमिटर रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x