Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनलेज मेस्ट्रो– अनलाइन हाजिरीजवाफ

नलेज मेस्ट्रो– अनलाइन हाजिरीजवाफ


काठमाडौं । ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा नलेज मेस्ट्रो अनलाइन लाइभ क्विज एक दिने अनलाइन हाजिरीजवाफ प्रतियोगता आयोजना गर्ने भएको छ । प्रतियोगितामा १६–२४ वर्षका युवावर्गहरुले निःशुल्क प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिता युवाहरुको बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको प्रतियोगिता हो ।

विगतका दिनहरूमा नलेज मेस्ट्रोको चार संस्करणहरू सफलतापूर्वक आयोजना गरिएको थियो । यस प्रतियोगिता आगामी फेब्रुअरी १२ तारिखका दिन एकल राउण्डमा सञ्चालन गरिने बताइएको छ । प्रतियोगिता दुई फरक विधामा सञ्चालन हुनेछ जसअन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्यसम्बन्धी प्रश्नहरु सोधिनेछ । दुवै विधामा आवेदन खुलेको आयोजकले जानकारी दिएको छ । दुवै विधा प्रतियोगिताका विजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा भाग लिन ग्लोकल आफ्टर स्कुल डट कम÷नलेज मेस्ट्रोमा नाम दर्ता गराउनुपर्नेछ । आइटी तथा व्यापार एवं पर्यटन र आतिथ्य विधाको आवेदन भर्ने अन्तिम मिति फेब्रुअरी ११ तथा १० निर्धारण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x