Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० नेपालमा सार्वजनिक

सेगवे–नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० नेपालमा सार्वजनिक


काठमाडौं । छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले आफ्नो आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१०० नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुईपांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरुको उत्पादनको लागि प्रख्यात छ ।

सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरे पनि, विगतका वर्षहरुमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ, विशेष गरी बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट आदिमा । झन् नाइनबटसँग रणनीतिक सहकार्य पछि सेगवे आफूलाई यस यस विधामा उत्कृष्ट प्रमाणित गर्दै आएको छ ।

सेगवे नाइनबोटको लागि नेपालमा आई हब प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो । आई हब प्रालिका निर्देशक तथा मालिक बिजुली दाइ भनेर चिनिने लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई विद्युतीय सवारीसाधनको साथ स्वच्छ र सुरक्षित पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्य हेतुले आयात गरेका हुन् ।
विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने इ–स्कुटर ब्रान्ड सेगवे इ–१०० माघको तेस्रो हप्तादेखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध छ । आई हब प्रालिले निकट भविष्यमा नेपाली बजारका लागि सेगवे इ–स्कुटरका अन्य मोडलहरु पनि ल्याउनेछ ।

सेगवे इ–१०० : उत्कृष्ट सुरक्षाका सुविधाहरुको साथ आउने सेगवे इ–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन । त्यसैगरी, स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म पनि यो चल्दैन । सेगवे इ–१०० मा किलेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचोबाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन्, एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ । सिट कुसनको तल्लो भागमा रहेको २२ लि. क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तुहरु राख्ने पर्याप्त ठाउँ उपलब्ध गराउँछ ।

नाइनबट इ–स्कुटर इ–१०० चार भिन्न कालो, सेतो, नीलो र रातो आकर्षक रंगहरुमा उपलब्ध रहेका छन् । परम्परागत स्कुटरको तुलनामा इ–१०० आकर्षक डिजाइनमा उपलब्ध छ । यसको साइज १७५५एमएम × ६७५ एमएम × ११३५ एमएम रहेको छ । विद्युतीय सवारीसाधन भए पनि इ–१०० को तौल ८० केजी छ । यसमा छ वटा लेन्ससहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडल्याम्प राखिएको छ, जसले स्वचालित रुपमा वातावरणीय प्रभावअनुसार प्रकाश फाल्दछ । यो इ–स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयन युक्त पानी प्रतिरोधी ब्याट्री–आईपीएक्स ५ जस्ता सुविधाहरु उपलब्ध छ र साथै, यसले उत्कृष्ट टर्क पनि प्रदान गर्दछ ।

यसमा चार प्रतिशत भोल्युमबाट शतप्रतिशत भोल्युमसम्म चार्ज गर्न लगभग सात घण्टा लाग्छ । डुअल ब्याट्री मोडअन्तर्गत यसमा २०० किमिसम्म यात्रा गर्न सकिन्छ । ई–१०० सँग एक स्वतन्त्र रुपमा विकसित झट्का अवशोषण प्रणाली पनि छ, जसले सडकको सतहको अवस्थाअनुसार प्रतिक्रिया दिँदै, प्रकाश कम्पनहरु कम गर्दै सवारीको कडापना र चिसोपनाको सही समायोजन गर्दछ जसले गर्दा सवारी थर्किएको अनुभव कम हुन्छ । सेगवे इ–१०० को नेपाली मूल्य दुई लाख ९१ हजार रुपैयाँ तोकिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x