‘योङ शेफ ओलम्पियाड भर्चुअल २०२२’ कार्यक्रम सञ्चालन हुने
काठमाडौं । इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट (आईआईएसएम) भारतद्वारा ‘योङ शेफ ओलम्पियाड भर्चुअल २०२२’ कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम माघ १६ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने बताइएको छ । सन् २०१५ बाट सञ्चालन भएको उक्त कार्यक्रममा संसारभरिका ४० देखि ६० वटा राष्ट्रहरुको सहभागिता हुने गरेको बताइएको छ ।
सो कार्यक्रममा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्टले नेतृत्व र उद्यमशीलताका लागि सुरूदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको छ । सन् २०२० मा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्ट छात्रा शबी राजवाहकले वेस्ट हाईजिन अवार्ड र राजिङ्ग स्टार अवार्ड जित्न सफल भएकी थिइन् भने सन् २०२१ मा छात्र अभय लिम्बुले ६० राष्ट्रहरुमध्ये १०औँ स्थान हासिल गर्दै बेस्ट किच्यन क्अट्स अवार्ड पनि जितेका थिए । यस पटक नेपालको प्रतिनिधित्व गर्दै कलेजका छात्र अजय पुनले प्रतिस्पर्धा गर्दै छन् भने मेन्टरको भूमिकामा शेफ सूर्य महत रहनेछन् ।
यसपटकको प्रतिस्पर्धामा नेपालसहित जम्मा ३७ वटा राष्ट्रले भाग लिँदै छन् । उक्त राष्ट्रहरुलाई आठवटा समूहमा विभाजित गरिएको छ । उक्त विभाजनअनुसार नेपाल छैटौँ समूहमा पर्दछ । सो कर्यक्रमको उद्घाटन ३० जनवरीमा हुनेछ भने नेपालले १ फेब्रुअरी मध्याह्न १२ः४५ बजेबाट प्रतिस्पर्धा सुरु गर्नेछ । उमेरको हदबन्दी भएको उक्त कर्यक्रममा प्रतिस्पर्धीको उमेर २४ वर्ष ननाघेको हुनुपर्ने र प्रतिस्पर्धी कलेजको विद्यार्थी नै हुनुपर्ने प्रावधान छ । प्रतिस्पर्धा प्रत्येक वर्ष ३० जनवरीबाट सञ्चालन हुने गर्दछ ।
एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन कलिनरी आर्ट्स नामक कोर्सका साथ सञ्चालनमा आएको हो । उक्त कोर्सबाट मात्र अहिलेसम्म नौ सय जनाभन्दा बढी नेपाली युवाहरुलाई रोजगारीको बाटो प्रदान गर्न र आफ्नो करियर अगाडि बढाउन सहयोग गर्दै आएको छ । सन् २०१४ मा लिंकन विश्वविद्यालय कलेजबाट बीएचएमको सम्बन्धन प्राप्त गरेको र हालै मात्र एमबीएको सम्बन्धन प्राप्त गरी सफल नेतृत्व र उद्यमशीलताको सहकार्यमा एकेडेमी अफ कलिनरी आर्ट्स एण्ड म्यानेजमेन्टले शिक्षा प्रदान गर्ने तरिकामा नयाँ आयाम ल्याउनुपर्ने कुरामा जोड दिएको छ । अबको सिकाइको माध्यमबाट युवाहरुलाई नेतृत्व र उद्यमशीलताको शिप विकास गराई लिडर र इन्टरप्रिनियर बन्न युवाहरुको काधमा हात राख्नुपर्नेमा कलेजले जोड दिएको छ ।
त्यस्तै उक्त प्रतिस्पर्धामा मुख्य प्रतिस्पर्धीबाहेक अन्य सहभागीहरू र छात्रछात्राहरुको लागि पनि मौका प्रदान गर्ने हेतुले सस्टेनेबल रिसर्च अवार्ड र नेशनल डिश अवार्डको पनि व्यवस्था गरिएको छ । दूर प्रणाली मध्यमबाट हुने भएकोले नेपालको तर्फबाट तीन जना निर्णायक हुनुपर्ने व्यवस्था छ । यस पटकको निर्णायकमा शेफ राजीव श्रेष्ठ, कार्यकारी शेफ अलफ्ट होटल, शेफ नवीन केसी कार्यकारी शेफ याक एण्ड यति होटल, शेफ प्रमोद महासेठ, कर्पोरेट शेफ द्वारिकाज होटल रहनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया