Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबाह्रखरी गल्फ धरानमा हुने

बाह्रखरी गल्फ धरानमा हुने


काठमाडौं । एनसेल बाह्रखरी गल्फ धरानमा हुने भएको छ । एनसेलसँगको सहकार्यमा बाह्रखरी मिडियाले यो वर्षको गल्फ प्रतियोगिता धरानमा आगामी फागुन १३ र १४ गते गर्नलागेको हो ।

प्रदेश एकको ऐतिहासिक सहर धरानमा रहेको गल्फ कोर्समा कर्पोरेट गल्फ प्रतियोगिता हुनेछ । गल्फ प्रतियोगितामा धरान, काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराइने बताइएको छ । गल्फमा सय बढी कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् ।

साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको छ । साथै प्रतियोगिताको अवसरमा देशभरका निजी क्षेत्रका प्रतिनिधिहरूको प्रतिनिधित्व हुने गरी विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समिट २०२२ र इटहरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ २०२२ समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

इकोनोमिक समिटअघि यस प्रदेशका महत्वपूर्ण क्षेत्र सोलुखुम्बु, उदयपुर, धनकुटा, इलाम र झापामा त्यस क्षेत्रका समस्या, आवश्यकता र नीतिगत सुधारका विषयहरुमा राउन्ड टेबलको आयोजना गरिनेछ । जुन राउन्ड टेलब मंगलबारदेखि नै सुरु हुने बताइएको छ । त्यहाँ उठेका विषयहरुलाई समेटेर इकोनोमिक समिट फागुन १४ मा पूर्वअर्थसचिव रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् । समिटमा अर्थमन्त्री जनार्दन शर्मा, श्रममन्त्री किसान श्रेष्ठसहित विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहनेछ ।

अहिले आयोजना गर्न लागिएको एनसेल बाह्रखरी गल्फमा प्रदेश एक सरकार, उद्योग संगठन मोरङ, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रभु बैंक, गोर्खा ब्रुअरी, ग्लेन लिभेट सिङ्गल मल्ट, भाटभटेनी सुपरमार्केट, हुन्ड्याइ मोटर्स, शिखर इन्स्योरेन्स र डिशहोम फाइबरनेटको सहयोग रहनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x