माथिल्लो तामाकोशीको उत्पादन दिनमा भन्दा रातमा बढी
दोलखा । राष्ट्रिय गौरवको चार सय ५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन दिनमा भन्दा रातमा बढी हुनेगरेको छ । जिल्लाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको यस आयोजनाले गत असार २१ गतेदेखि उत्पादन सुरु गरेको थियो ।
आयोजनाले दिउँसोको तुलनामा रातको समयमा धेरै विद्युत् उत्पादन गर्नेगरेको जनाएको छ । रातको समयमा आयोजनाले हाल रातमा तीन सय ५० देखि चार सय ५६ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने गरेको छ । दिँउसोको समयमा भने आयोजनाले ३० देखि ४० मेगावाट मात्र विद्युत् उत्पादन गर्नेगरेको आयोजनाका वरिस्ठ प्रशासन प्रमुख मित्रमणि पोखरेले जानकारी दिए । पोखरेलका अनुसार दिउँसोको तुलनामा राति धेरै विद्युत् खपत हुने हुँदा राति दैनिक तीन सय मेगावाटभन्दा माथि विद्युत् उत्पादन हुनेगरेको छ । बिहान र दिउँसोको समयमा भने खपत कम हुनेहुँदा उत्पादन पनि कम हुनेगरेको उनले बताए । आयोजनाको अहिले सबै युनिटले उत्पादन दिने गरेको उनले बताए । गत असारबाट पहिलो युनिटबाट उत्पादन थालिएको आयोजनाको भदौ अन्तिमसम्ममा छवटै युनिट सञ्चालनमा आएका थिए । आयोजनाका सबै उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
छवटै युनिटले उत्पादन सुरु गरेसँगै अहिले पूर्ण क्षमतामा सञ्चालनमा आएको हो । आयोजनाले अहिले पनि पिकआवरमा रातिको समय र बिहानको समय चार सयभन्दा माथि उत्पादन दिनेगरेको छ । दिउँसो भने कम उत्पादन हुने गरेको हो । मानिसले धेरै विद्युत् प्रयोग गर्दा आयोजनाको उत्पादन बढ्ने तथा कम प्रयोग गर्दा कम घट्ने क्रममा निरन्तर चलिरहेको आयोजनाको भनाइ छ । यस्तै विद्युत्को लागि यो समय कम उत्पादन हुने समय भएकाले पनि दिउँसो कम उत्पादन हुने गरेको हो । मंसिरदेखि जेठसम्म सुक्खा समय हुने हुँदा पानीको सतह घट्दै जाने हुँदा पिकआवरबाहेक उत्पादन घट्नु स्वभाविक रहेको आयोजना प्रशासन प्रमुख पोख्रेलले बताए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि दुर्ई सय २० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट दुई सय २० केभी प्रसारण लाइनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत चार सय/दुई सय २० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया