‘श्रम मन्त्रालयको चरणबद्ध उपलब्धि लक्ष्यअनुरुप नै’
काठमाडौं, माघ २४
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार अर्धवार्षिक प्रगति समीक्षा सार्वजनिक गरेको छ । प्रगति समीक्षाअनुरुप मन्त्रलायको चरणबद्ध उपलब्धि लक्ष्यअनुसार प्राप्त भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले मन्त्रालयले चरणबद्ध उपलब्धिको लागि राखेका लक्ष्य ७० दशमलव ५ प्रतिशत लक्ष्यअनुरुप नै प्राप्त भएको बताए ।
मन्त्रालयले चरणवद्ध उपलब्धिको लागि ७० दशमलव ५ प्रतिशत लक्ष्य राखेको थियो सो लक्ष्य प्राप्त गर्न सफल भयौं, उनले भने, ‘चरणबद्ध उपलब्धिमध्ये बाँकी प्रतिशतमध्ये २८ दशमलव ८ प्रतिशत प्रगतिको क्रममा रहेको र शून्य दशमलव सात प्रतिशत कार्यक्रम सुरु हुन नसकेको अवस्था छ ।’ उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लागि सो प्रगति विवरण तयार गरेको बताए ।
मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रदान गर्ने उद्देश्यले तयार पारेको सो प्रगति विवरण श्रम मन्त्रालय र सोअन्तर्गत निकायको प्रगति हो । कार्यक्रममा मन्त्रालय र अन्तर्गत निकायको वार्षिक नीति, कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना, चरणबद्ध उपलब्धि र मुख्य उपलब्धि सूचकको हालसम्मको प्रगतिका विषयहरुमा समीक्षा भएको मन्त्रालयले जानकारी दिएको छ ।
श्रममन्त्री रामेश्वर राय यादवले अन्तर्निकाय समन्वय र सहकार्यमा जोड दिनुपर्ने बताए । मन्त्री यादवले सरकारको नीतिबमोजिम आन्तरिक रोजगारी प्रवद्र्धन हुने गरी रोजगारीको क्षेत्र र सम्भावना खोजी गर्नुपर्ने बताए । साथै सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउनुपर्ने र आन्तरिक रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारी समेतलाई उपलब्धिमूलक बनाउन सहज पुग्ने गरी कार्य गर्नुपर्ने बताए ।
उनले मन्त्रालयको कार्यलाई अझ बढी नतिजादायी बनाउन सबै निकायबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नुपर्ने धारण राख्दै लक्ष्यअनुसार प्रगति हुन नसकेको कार्यक्रमलाई बाँकी अवधिमा लक्ष्यअनुसारकै प्रगति हुने गरी रणनीति बनाई कार्यान्वयन गर्न निर्देशन दिए । समीक्षा कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुखहरु र अन्तर्गत निकायका महानिर्देशक, कार्यकारी निर्देशकहरु सहभागी थिए भने उनीहरुले अर्ध वार्षिक प्रगतिको प्रस्तुतीकरण र समीक्षा गरेका थिए ।
कार्यक्रममा मन्त्रालयलाई चालू आवमा विनियोजन भएको बजेट, कार्यक्रमगत, शीर्षकगत र स्रोतगत छलफल भएको थियो । विनियोजित कार्यक्रमको हरेक शीर्षकमा भएको कार्य प्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेको कारण र लक्ष्यअनुसारको प्रगति हासिल गर्न चाल्नुपर्ने कदमको बारेमा समेत छलफल भएको थियो ।
मन्त्रालयका सचिव विनोद केसीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता देखाउन बाँकी खदिरको सूचना शीघ्र प्रकाशन गर्न निर्देशन दिनुका साथै श्रम सम्बन्ध असल राख्ने, वैदेशिक रोजगारीमा ठगी अनियमितता घट्ने, आन्तरिक रोजगारीलाई प्रोत्साहन दिने र सामाजिक सुरक्षा कोषमा आबद्धता बढ्दै जानुपर्ने विषयलाई केन्द्रविन्दुमा राखी कार्य गरी मन्त्रालयको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया