काठमाडौं । सरकारले तीन सय शय्याको केन्द्रीय शिक्षक अस्पताल चितवनमा बनाउन सैद्धान्तिक सहमति दिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्मा शिक्षक अस्पताल निर्माणको प्रस्ताव पेश गरेका थिए । अस्पताल निर्माणका लागि २१ बिघा जग्गा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको छ । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । विमल शर्मा चालिसे संयोजकत्वको सम्भाव्यता समितिले यी सबैभन्दा उपयुक्त हुने ठाउँ चितवनको भरतपुर महानगरपालिका १५ भगवानपुरमा रहेको सुझाव दिएको थियो ।
समितिका सदस्य एवम् जनस्वास्थ्य विज्ञ लिलानाथ भण्डारीले देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिनसक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउनेजस्ता साइट डेभलपमेन्ट कार्यमा किफायती हुने देखिएको बताए । ‘हाल शिक्षकहरुलाई सिभिल अस्पतालबाट सेवा लिने र सबै शिक्षकहरुको स्वास्थ्य बीमा सरकारले गरिदिने गरी हामीले प्रतिवेदन मन्त्रालयलाई सुझाव दिएका छौँ’, भण्डारीले भने ।
‘अध्ययन समितिले दिएको प्रतिवेदनमाथि छलफल गरेर भरतपुर महानगरपालिका–१५ भगवानपुरमा उपयुक्त हुने गरी मन्त्रिपरिषद्मा सिफारिस लगेका थियौँ’, मन्त्री पौडेलले भने, ‘समग्र सबैलाई उपयुक्त स्थान भरतपुरमा हुने भएकाले त्यहाँ बनाउनका लागि निर्णय भएको छ ।’ मन्त्री पौडेलका अनुसार सैद्धान्तिक सहमति भएपछि डीपीआरका लागि प्रक्रिया मन्त्रालयले अघि बढाउनेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया