Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालश्रममन्त्रीको तलबभत्ता रकम पुर्कोट कालिका क्याम्पसलाई

श्रममन्त्रीको तलबभत्ता रकम पुर्कोट कालिका क्याम्पसलाई


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्ताबापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई सहयोग गरेका छन् ।

मन्त्री श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्ताबापतको रकम विभिन्न संघ÷संस्थालाई सहयोग गर्दै आएका छन् । सोही क्रममा उनले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्ताबापतको ५० हजार रुपैयाँ प्रदान गरेका हुन् । उक्त रकम उनले नेकपा (एकीकृत समाजवादी) का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब, आमा समूहलगायत सामाजिक संस्थाहरुलाई तलबभत्ताबापतको रकम सहयोग गर्दै आएका छन् । उनले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x