Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअवैध सुन र मोबाइलसहित तीन जना पक्राउ

अवैध सुन र मोबाइलसहित तीन जना पक्राउ


काठमाडौं । अवैध रूपमा भन्सार छली ल्याएको एक किलोग्राम एक सय ५५ ग्राम सुन र पाँच थान आईफोन १३ प्रो म्याक्स मोबाइलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ ठेगाना भएका ३९ वर्षीय दावाछिरिङ शेर्पा, रौतहट गौर नगरपालिका १० सोबगाढा ठेगाना भएका ३२ वर्षीय सुनिल कुमार साह र मकवानपुर मनहरी गाउँपालिका ७ ठेगाना भएका २८ वर्षीय नवराज परियार रहेका छन् । एयर अरेबियाको उडानद्वारा सारजाहबाट आएका दावा छिरिङ शेर्पालाई मलद्वारभित्र लुकाएको एक किलो ५५ ग्राम तौलबराबरको तीन थान अर्धठोस सुन, हिमालयन एयरलाइन्सद्वारा दुबईबाट आएका सुनिल कुमार साहलाई ५० ग्रामबराबरको एक थान बेरुवा औँठी तथा एक थान सिक्री र चार थान आईफोन र दुबईबाटै सोही एयरलाइन्समा आएका नबराज परियारलाई ५० ग्रामबराबरको दुई थान बेरुवा औँठी र एक थान आईफोनसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बाहिरी मुलुकबाट काठमाडौँ आएका उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त अवैध सुन र मोबाइल फेला पारेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x