बझाङमा भारी वर्षा र हिमपातले विकास निर्माणका काम प्रभावित
बझाङ । बझाङ जिल्लामा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएका छन् । वर्ष र हिमपातका कारण विकास निर्माणका काम समयमै हुन नसक्दा जनप्रतिनिधिलाई आफ्नो स्थानीय तहमा आएको बजेट फ्रिज जाने हो कि भन्ने चिन्ता बढ्दै गएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारमातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानलगायतका पूर्वाधार आयोजना निर्माणका काम हाल ठप्प छन् ।
माघको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले बताए । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विभिन्न स्थानीय तहका काम अलपत्र परेका छन् । बझाङ जिल्लामा १२ वटा स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहका काम रफ्तारमा अगाडि बढ्न नसकेको स्थानीय धर्मजङ्ग सिंहले बताए । भारी वर्षा र हिमपातको कारण चिसो बढेकाले काम गर्ने नसकेको खुड्डीउन सिँचाइ कुलो ठेक्का पाएका महेन्द्र खत्रीले बताए । आयोजनाको काम एक महिना पछि धकेलिएको उनको भनाइ छ । विकास आयोजनामा ढिलासुस्ती भएसँगै पुँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । बझाङ जिल्लाका स्थानीय तहले कुनै पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्नसकेका छैनन् ।
अधिकांश योजनाको सम्झौताको म्याद काम नभई सकिएपछि करोडौँ बजेट फिर्ता हुनसक्ने जयपृथ्वी नगरपालिका वडा नम्बर २ का अध्यक्ष शुकदेव जोशीले बताए । यस्तै बजेट कार्यान्वयनका लागि अनुकूल मौसमको प्रतीक्षामा रहेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । यातायातका साधन सञ्चालन हुन नसकेको साइपाल गाउँपालिकामा काम गर्न झनै चुनौती देखिएको अध्यक्ष धामीले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया