मिसेस नेपाल वर्ल्डका विजेतालाई ग्यालेक्सी जम्बो बासमती राइसद्वारा सम्मान
काठमाडौं । रेवन इन्टरटेनमेन्टको आयोजनामा काठमाडौंमा सम्पन्न भएको मिसेस नेपाल वर्ल्ड २०२१ का विजेताहरुलाई हरपल फुड्स प्रालिले बजारमा बिक्रीवितरण गर्दै आइरहेका ग्यालेक्सी जम्बो बासमती राइसले सम्मान गरेको छ ।
मिसेस नेपाल बर्ल्ड २०२१ को विजेता दीक्षाश्री केसी, मिसेस नेपाल इन्टरनेशनल उषा रजक, एमएस नेपाल इन्टरनेशनल पार्वती गिरी, मिसेस नेपाल फस्ट रनर अप सुनिता लामा, मिसेस नेपाल वर्ल्ड थर्ड रनरअप मनिता प्याकुरेल र मिसेस नेपाल वल्र्ड भ्युअर्स च्वाइस माधुरी कर्णलाई सोमबार एक कार्यक्रमका बीच सम्मान गरिएको थियो । कार्यक्रम हरपल फुड्स प्रालिका अध्यक्ष जनक बहादुर धामीले नेपाली नारीहरु अब हरेक क्षेत्रमा अब्बल भएर अगाडि बढिरहेको बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्ने कार्यक्रममा उनीहरुको अब्बलता एवं दक्षताले सबै नेपालीको प्रगतिमा कोशेढुङ्गा हुने उनले बताए ।
यसै अवसरमा सम्मानित महानुभावहरुले काठमाडौंको मैतीदेवीमा अवस्थित नेचर सुपरमार्केटको अवलोकन गरेका थिए । साथै उनीहरुलाई नेचर सुपरमार्केटले निःशुल्क वार्षिक सदस्य समेत बनाएको छ । महिला तथा गृहिणीहरुको क्षमता विकासका क्षेत्रमा ग्यालेक्सी जम्बो बासमती राइसले अझ ऊर्जा दिएको र केही गर्ने अठोट र आँटलाई तला थपेको मिसेस नेपाल वर्ल्डका विजेता दीक्षाश्री केसीले बताइन् । हरपल चामलकी ब्राण्ड एम्बेसडर दिपाश्री निरौलाले महिलाहरु जहिले पनि अगाडि बढ्ने र केही गर्ने अठोटका साथ समाजका लागि केही गर्ने अग्रसरतामा हरपल फुड्सले सहकार्य गरेकोले महिलाहरुलाई अझ अगाडि बढ्ने प्रेरणा मिल्ने बताइन् ।
कार्यक्रममा हरपल फुड्स र नेचर सुपर मार्केटका अध्यक्ष जनक धामी, कि एडभरटाइजिङका अध्यक्ष रवीन्द्र रिजाल, निर्देशक, कलाकार, हास्य अभिनेत्री एवं हरपल चामल एवं नेचर सुपरमार्केटका ब्राण्ड एम्बेसेडर दीपाश्री निरौलाको उपस्थिति थियो । मिसेस नेपाल वर्ल्ड २०२१ लाई हरपल फुड्स प्रालि आधिकारिक विक्रेता रहेको ग्यालेक्सी पियोर जम्बो बासमती राइसले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष धामीले मिसेस नेपाल वल्र्डलाई प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए । ‘महिला तथा गृहिणीहरुको क्षमता विकासका क्षेत्रमा भएका कार्यक्रमहरुमा हामीले सहकार्य गर्दै आइरहेका छौँ’, उनले भने । कार्यक्रमको सञ्चालन हरपल फुड्सका प्रबन्धक तारामान धामीले गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया