Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकम गुणस्तरका सामग्री बिक्री गरी ठगी

कम गुणस्तरका सामग्री बिक्री गरी ठगी


बर्दिया । कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी सामग्रीहरू ब्रान्डेड भन्दै बिक्री गर्नेलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विद्यालयहरूमा ब्रान्डेड सामग्री भन्दै उच्च मूल्यमा बिक्री गरी ठगी गर्ने कास्की पोखरा महानगरपालिका २५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बर्दिया जिल्लाका केही विद्यालयहरूमा क्षेत्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै साइबर एन्ड लाइब्रेरी नाम गरेको कम्पनीको नाममा केही प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरूलाई भ्रममा पारेर कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी सामग्रीहरू उच्च मूल्यमा बिक्री गरेका थिए । उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–६ स्थित बङ्लामुखी विद्यालयको परिसरमा उक्त सामग्रीहरू बिक्रीवितरण गरिरहेको अवस्थामा फेला उनलाई पक्राउ गरेको हो ।

क्षेत्रीबाट नगद एक लाख ९२ हजार रूपैयाँ, विभिन्न बैंकका चेक तीन थान, साइबर एन्ड लाइबे्ररीको नाममा रहेको बिल ठेली चार थान, प्रिन्टर १९ थान, मनिटर १९ थान, सीपीयू १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राइभ १७ थान, क्यालकुलेटर १७ थान, राइटिङ बोर्ड २० थान, सीसीटीभी १८ थान, किबोर्ड १९ थान, नेपाली बृहत शब्दकोश किताब ७ थान, अक्सफोर्ड किताबलगायतका विभिन्न शब्दकोश ३० थान, विभिन्न पुस्तक र क्यालेन्डर भएको कार्टुन २९ थान प्रहरीले बरामद गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x