Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसामाजिक असहिष्णुताको प्रभाव

सामाजिक असहिष्णुताको प्रभाव


काठमाडौं । सामान्यतया नागरिक समाज निर्माणको क्रममा समूहमा आबद्ध रहँदै आएका पक्षहरूबीचको भावात्मक सम्बन्ध विस्तारपश्चात् निश्चितरूपमा सहयोगीको भाव सञ्चरण हुने सम्भावना रहन्छ । समाजसम्मत धारणाअनुरूपको सहकार्यको अभावमा सहजतापूर्वक कुनै पनि कार्य सम्पन्न हुन सक्दैन भन्ने मान्यता रहँदै आएको छ । तसर्थः स्थापित समाजमा रहनुपर्ने निकटतम सम्बन्धको चाहनामा आएको न्यूनताको कारण अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि ऋणात्मक भाव प्रस्फुटन हुने प्रक्रियाको थालनी हुनेछ ।

जसमा विशेषगरी समाजकेन्द्रित अवधारणाबाट पृथक रहन चाहने हुँदा सम्बद्ध पक्षको व्यवहारप्रति अन्य समुदायले समेत मानसिक हैरानी सहन गर्नुपर्ने अवस्था प्रारम्भ हुनेछ । तद्अनुरूपको कार्य सञ्चालन गर्ने सन्दर्भमा कुनै व्यक्ति वा समुदाय विशेषबाट नागरिक समाजको सामान्य परिवेशमा असामान्य व्यवहारको चाहनाको विकास गर्दछ भने अपवादबाहेक उपरोक्त प्रवृत्तिलाई सामाजिक असहिष्णुताको प्रतिक मान्दा अत्युक्ति नहोला । परिणामतः बौद्धिकरूपमा पूर्ण सामथ्र्यवान् रहँदारहँदै पनि व्यवहार प्रदर्शनको गतिशीलतामा भने अपरिपक्व रहेकै कारण तत् सन्दर्भमा ऋणात्मकताको अनुभूति रहन जानेछ ।

जसको सबैभन्दा खराब परिसूचकको रूपमा नागरिक समाजमा सहजै घुलनशील हुन नसक्ने संस्कृतिको विकास हुनु नै हो । परिणामत सम्बद्ध समूहमा अदृश्यरूपमा हीनताभावको जन्म भई मपाइत्वपनको अभिवृद्धि हुने देखिन्छ । यद्यपि सामाजिक व्यवहारको क्षेत्रमा प्रस्तुत क्रियाकलापलाई सामान्यीकरणको रूपमा लिन नसकिएकै कारण समाज एवं व्यक्तिबीचमा द्वन्द्वात्मक परिवेशको सिर्जना हुनेबाहेक अन्य कुनै उपलब्धिमूलक सामाजिक कार्य हुन सक्दैन । जसलाई सामाजिक डरको रूपमा परिभाषित गर्दा समेत फरक नपर्ला । जसका कारण सम्बद्ध समूहमा अपर्याप्तताको अनुभूतिको रहन गई असहिष्णुताको विकासको सम्भावनाले निरन्तरता हासिल गर्ने प्रबल सम्भावना रहन्छ । जुन केही हदसम्म आर्थिक पक्षलगायतका मानवीय जीवनका असफलताले निम्ताएको त्रासबाहेक अन्य केही पनि हुन सक्दैन । यथार्थपरक रूपमा अध्ययन गर्ने हो भने यसमा कुनै प्रकारको सत्यता कायम रहेको पाइँदैन । जुन विशुद्ध मानसिक असन्तुष्टिबाट अभिप्रेरित रहँदै अभिव्यक्त भएका असहिष्णुताका कारक तत्व विशेष मात्रै हुन् भन्न सकिन्छ ।

किनकि स्वास्थ्य सुरक्षा संवेदनशीलताको दृष्टिकोणबाट निश्चित रूपमा सम्बद्ध समूह पूर्ण स्वस्थ्य नै रहने हुँदा विक्षिप्तताको पगरी गुथाउँदा त्यस समूहमा आबद्ध रहनेहरूलाई पक्कै अन्याय पर्नजाने देखिन्छ । तसर्थ सामाजिक भावनाको अभ्युदय गराउँदै हरेक व्यक्ति वा समूह विशेषमा भावनात्मक प्रेमको अंकुरण गर्ने सैद्धान्तिक धरातललाई आत्मसात् गर्दै सहयोगात्मक भावको विकासले मानवीय जीवनलाई सकारात्मकतातर्फ उन्मुख गराउनेछ भन्ने विश्वास लिन सकिनेछ । जसमा सामूहिक सिद्धान्तको मूल आदर्श समेत समाहित रहने हुँदा हरेक पक्षबीचको साझा मूल्य मान्यतालाई व्यवहारतः लागू गर्न सहज हुने देखिन्छ । जसले विशेषगरी नागरिक समाजबाट एक्लिएर रमाउने असहिष्णुताको प्रभावलार्ई क्रमशः न्यून गर्दै सामाजिक एकताको विकासबाट अभिप्रेरित रहँदै सम्बद्ध पक्षको न्यूनतम मानव अधिकारको रक्षा गर्नुको साथै नागरिक हित प्रवर्द्धन एवं संवर्द्धन गर्ने कार्यमा प्रेरणा प्रदान गर्नेछ ।

किनभने समूहगत भावनाको विकासले सकारात्मकताको प्रभाव छर्दै स्वतफुर्त रूपमा स्वावलम्बी बन्न प्रेरित गर्ने हुँदा सुस्तसुस्त रूपमा आत्मनिर्भर रहनुपर्ने क्षमताको विकासमा घनात्मक प्रभाव पार्ने अवस्था सिर्जना गर्नेछ । जसका कारण तत्सँग सम्बन्धित समूहले सुविधाजनक अवस्थाबाट पार गर्दै आत्मअनुभूतिद्वारा आफू वा आफ्नो समूहलाई सुधार्ने प्रयास गर्ने हो भने यस क्षेत्रमा धेरै नै सकारात्मक नतिजा हासिल गर्न कुनै प्रकारको कठिनाई उत्पन्न हुने देखिँदैन । अन्यथा असहिष्णुता एवं एक्कोपनको निरन्तरताले नकारात्मक ऊर्जा उत्पन्न भई मानसिक जटिलताको सामना गर्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । तसर्थ सामाजिक प्राणीको प्रतिमूर्तिको रूपमा विराजमान रहँदारहँदै पनि के त्यस्तो तत्व विशेष समाविष्ट रहनगएको कारण मानव मात्रले नचाहँदानचाहँदै पनि सामाजिक असहिष्णुताको भुमरीमा रुमलिनुपरेको हो भन्ने तथ्यगत प्रश्नलाई एक पटक राम्ररी हेर्नुपर्ने हुन्छ ।

जसमा विशेषगरी गरिबीले मुख्य भूमिका खेलेको पाइन्छ । जब व्यक्ति वा समूहमा प्रचुर मात्रामा गरिबीजन्य तत्व विद्यमान रहन्छ त्यहाँ निश्चय पनि भोकमरीले जरो गाडेकै हुन्छ । भोक र रोगका कारण उच्च शिक्षाको त के कुरा गर्नु न्यूनतम प्राथमिकस्तरको शिक्षा विकासको सम्भावनामा समेत न्यूनता छाउनेछ । ह्रासउन्मुख शिक्षा विकासको कारण उमेर पुगेपछि राम्रो आम्दानी गर्न नसकी सहपाठी वा सहयात्रीको तुलनामा पक्कै पनि चाहेअनुरूपको अवसरको न्यूनताको प्रभाव स्वरूप हिनतामुखी ग्रन्थीको अभिवृद्धि भई समाजबाट पन्छिन खोज्ने क्रममा विभिन्न प्रकारको बहानाबाजीको विकास हुनुलाई स्वाभाविक प्रक्रिया मान्न सकिन्छ । जसले स्वास्थ्य प्रतिकूलतालगायत मानसिक स्वास्थ्यमा समेत गम्भीर ऋणात्मक असर छोड्नेछ । अर्कोतर्फ सम्पन्नता, सालिनता, शैक्षिक व्यक्तित्व विकास, तथा काममा निपूर्णता रहँदारहँदै पनि दम्भगत भावनाको अभिवृद्धिले समाज केन्द्रित अन्य समुदाय विशेषको सहअस्तित्वलाई सहजै स्वीकार गर्न नसक्ने प्रवृत्ति हावि भएको खण्डमा पनि असामाजिक तत्वले उत्सर्गता प्राप्त गर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन ।

तसर्थः प्राप्त रहन आएको सकारात्मक वा नकारात्मक तत्वबाट मानव समुदायलाई भिन्न राख्दै सामान्यीकरणतर्फ उन्मुख गर्न सके मात्र वर्तमान अवस्थामा नागरिक समाजमा प्रस्तिथापन रहँदै आएको प्रस्तुत कुसंस्कृतिबाट छुटकारा पाउन सक्ने अवस्था तयार हुने देखिन्छ । हिजोको तुलनामा आज यस प्रकारको व्यवहारबाट मानव समुदाय कुनै न कुनै रूपमा प्रताडित रहँदै आएको तथ्यसँग हामीहरू कसैको पनि भिन्न मत रहन सक्दैन । न्यूनीकरणको लागि सम्बद्ध पक्षको परिवारको मुख्य भूमिका रहने तथ्यहरूले प्रमाणित गरिसकेको अवस्था हो ।

आफू समर्पित समूहलाई कुन मार्गमा हिँडाउने भन्ने कुराको निक्र्योल गर्ने अधिकार समाजका अन्य समुदायभन्दा पनि परिवारको नै प्रमुख जिम्मेवारी रहने तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन । जसमा विशेषगरी अन्य समूहको अस्तित्वको प्रभावलाई होच्याउने, आँखा–आँखामा मिलाई कुरा गर्ने, समूहमा भन्दा भिन्नै स्थानमा कानेखुशी गर्न रुचाउनेजस्ता नकारात्मक गतिविधिले प्राध्यान्यता हासिल गरेको देखिन्छ । जसको निराकरणको लागि पारिवारिक सहयोग र सद्भावलाई उपल्लो स्थानमा राख्दै कार्य गर्नुपर्ने हुन्छ । जसमा विशेषगरी सिकाइ टोलीको विकास गर्दै सम्बद्ध पक्षमा कायम रहँदै आएको नकारात्मक भावनाको ऊर्जालाई कम गर्न आवश्यक पर्ने सल्लाह सुझाव र परामर्श नै बढी मात्रामा उपयोगी सिद्ध भएको पाइयो । जसले प्रस्तुत व्यवहारमा सकारात्मक प्रभाव भर्दै नयाँ जीवन सुरुवातीको मार्गचित्र कोर्न अवश्य पनि सहयोगीको भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिन सकिनेछ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x