दुधको मूल्य वृद्धिप्रति उपभोक्ता मञ्चको विरोध
काठमाडौं । सरकारले दुधको मूल्य वृद्धि गरेपछि राष्ट्रिय उपभोक्ता मञ्चले विरोध जनाएको छ । डेरी उद्योग तथा व्यवसायीहरूले दुधको मूल्य वृद्धि गर्न दिँदै आएको दबाबको बीचमा सरकारले दुधको मूल्य बढाएको मञ्चको आरोप छ ।
गत माघ १७ गते बसेको मन्त्री परिषद्को बैठकले साबिकको दुधको मूल्यमा ६ दशमलव ५२ रूपैयाँ प्रतिलिटर वृद्धि गर्न दुग्ध विकास बोर्डलाई सहमति दिएको थियो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आइतबार एक विज्ञप्ति जारी गरी सर्वसाधारण किसानले बिक्री गर्ने दुधको मूल्य बढाउनको लागि मूल्यवृद्धि गरिएको भने पनि किसानले विगतको जति पनि मूल्य नपाएको बताएका छन् । मूल्य वृद्धिको नाममा छ रूपैयाँ बढी दिने भन्दै किसानलाई झुक्याएको उनको आरोप छ । सरकारले बढेको मूल्य कार्यान्वयन गर्नको लागि दुुग्ध विकास संस्थान, लैनचौरलाई निर्देशन दिएबमोजिम संस्थानले गत माघ २८ गतेबाट लागू हुनेगरी प्रतिलिटर नौ रूपैयाँ वृद्धि गरेको छ ।
सरकारले छ रूपैयाँ वृद्धि गर्न निर्देशन दिए पनि संस्थानले नौ रूपैयाँ बढाउने निर्णय गर्नु नितान्त गैरजिम्मेदार र बदनियतपूर्ण रहेको मञ्चले जनाएको छ । साथै अत्यावश्यक वस्तुको रूपमा रहेको दुध तथा दुधजन्य पदार्थमा सरकारको नीति निर्देशनविपरीत निजी क्षेत्रका डेरी उद्योग संघ तथा नेपाल डेरी एसोसियसनले सरकार र संस्थानले तोकेको मूल्यमा पनि एक रूपैयाँ थप गरी १० रूपैयाँ प्रतिलिटर मूल्य बढाउने निर्णय गरेकोप्रति उपभोक्ता मञ्चले घोर आपत्ति जनाएको छ । यसरी निजी क्षेत्रले आफूखुसी दूधको मूल्य बढाएको विषयलाई सरकारले गम्भीरताका साथ लिई उपभोक्ताका हितविपरीत कार्य गर्ने उद्योगी व्यवसायीमाथि आवश्यक कारबाही गर्न मञ्चले सरकारलाई अपिल गरेको छ ।
उपभोक्ता मञ्च किसानले गर्ने खर्च र लागत रकम पाउनुपर्ने पक्षमा रहेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । बिचौलियाहरूको दबाबमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै तोकेको स्पष्ट मूल्य किसानले पाउने ग्यारेन्टी गर्न उपभोक्ता मञ्चले माग गरेको छ । साथै किसानले उचित मूल्य नपाएको अवस्थामा बढेको मूल्य भुक्तानी नगर्ने व्यवसायीमाथि समेत कानुनी कारबाही गर्न मञ्चले सरकारसमक्ष माग गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया