वैश्विक जलवायु परिवर्तनका सम्भावित प्रभाव
काठमाडौं । जलवायु परिवर्तनको प्रमुख कारण वैश्विक तापन हो । जुन हरितगृहको परिणाम भानिन्छ । हरितगृह प्रभाव त्यो प्रक्रिया हो जसमा पृथ्वीको सतहसँग टकराएर फर्कने सूर्यका किरणहरू वातावरणमा उपस्थित केही ग्याँसहरू अवशोषित गरी लिन्छन् परिणामस्वरूप पृथ्वीको तापमानमा वृद्धि हुन्छ । कार्बनडाइअक्साइड, मिथेन, क्लोरोफ्लोरोकार्बन्स, नाइट्रस अक्साइड क्षोभमण्डलीय ओजोन ती मुख्य ग्याँस हुन् जुन हरितगृहप्रभावका लागि उत्तरदायी हुन्छन् । वातावरणमा यी ग्याँसहरूको निरन्तर बढ्दो मात्राले वैश्विक जलवायु परिवर्तनको खतरा दिनदिनै बढ्दै गइरहेको छ ।
हरितगृह प्रभावले गर्दा अनेक क्षेत्रहरूमा औसत तापमानमा बढोत्तरी भएको देखिएको छ । वैज्ञानिकहरूको भविष्यवाणीका अनुसार वर्ष २०२० सम्म दुनियाँको तापमान पछिल्लो एक सय वर्षहरूको तुलनामा सर्वाधिक हुनेछ । अन्तरशासकीय जलवायु परिवर्तन पैनलले वर्ष १९९५ मा भविष्यवाणी गरेका थिए कि यदि मौजुदा प्रवृत्ति जारी रह्यो भने २१औँ शताब्दीमा तापमानमा ३ दशमलव ५ देखि १० डिग्री सेल्सीयस सम्मको वृद्धि हुनेछ । बीसौँ शताब्दीमा विश्वको सतहको औसत तापमान शून्य दशमलव ६ डिग्री सेल्सियससम्म बढेको छ । यस शताब्दीको पहिलो दशक (२०००–२००९) अहिलेसम्मको सबैभन्दा उष्ण दशक रहेको छ जसले यो साबित गर्दछ कि हरितगृह प्रभावको परिणामस्वरूप जलवायु परिवर्तनको बेला सुरु भइसकेको छ । वैश्विक जलवायु परिवर्तनका अनेकन प्रभाव हुनेछन् जसमध्येबाट धेरैजसो हानिकारक हुनेछन् ।
वैश्विक जलवायु परिवर्तनका सम्भावित प्रभाव : जलवायु परिवर्तनको प्रभाव मानव स्वास्थ्यमा पर्नेछ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार जलवायुमा तापनकाकारण श्वास तथा हृदयसम्बन्धी रोगहरूमा वृद्धि हुनेछ । दुनियाँका विकासशील देशहरूमा झाडापखाला, पेचीस हैजा, क्षयरोग, पित ज्वरो तथा म्यादी ज्वरोजस्ता संक्रामक रोगहरूको बारम्बारतामा वृद्धि हुनेछ । किनकि रोग फैलाउनेखाले रोगबाहहरूको गुणन एवं विस्तारमा तापमान एवं वर्षाको महत्वपूर्ण भूमिका हुन्छ । अतः दक्षिण अमेरिका, अफ्रिका तथा दक्षिण–पूर्व एसियामा लामखुट्टेहरूबाट फैलिने रोगहरू जस्तैः मलेरिया, डेंगु, पहेँलो ज्वरो तथा जापानी ज्वरोको प्रकोपमा बढोत्तरीका कराण यी रोगहरूका कारण हुने मृत्युदरमा वृद्धि हुनेछ । यसबाहेक हात्तीपाइले तथा चिकन गुनियाको पनि प्रकोप बढ्नेछ । लामखुट्टेजनित रोगहरूको विस्तार उत्तरी अमेरिका तथा युरोपका चिसो देशहरूमा पनि हुनेछ । हाम्रो आफ्नै परिवेशमा विगतमा तराईमा मात्र देखिने जापानी ज्वरो, डेंगु, मलेरिया हिजोआज पहाडी, मध्यपहाडी तथा हिमाली क्षेत्रमा पनि नियमित देखिन थाल्नुले पुष्टि गर्दछ ।
मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभावले गर्दा एउटा ठूलो जनसंख्या विस्थापित हुनेछ जसलाई पर्यावरणीय शरणार्थी भनिनेछ । जलवायु परिवर्तनको फलस्वरूप रोगाणुहरूमा बढोत्तरीका साथसाथै यिनको नयाँ प्रजातिहरू विकसित हुनेछन् जसको परिणामस्वरूप बालिनालीहरूको उत्पादकतामा विपरीत प्रभाव पर्नेछ । बालिनालीहरूको कीराफट्याङ्ग्रा नाशी जीवहरू तथा रोगाणुहरूबाट सुरक्षाको लागि नाशी जीवननाशकहरूको उपयोग मात्रामा बढोत्तरी हुनेछ जसले गर्दा वातावरण प्रदूषित हुनेछ साथै मानवीय स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्नेछ । वैश्विक जलवायु परिवर्तनको परिणामस्वरूप दुनियाँको मनसुनी क्षेत्रहरूमा वर्षमा वृद्धि हुनेछ जसले गर्दा बाढी, भुस्खलन तथ भूमी अपरदानजस्ता समस्या पैदा हुनेछ । पानीको गुणस्तरमा गिरावट आउनेछ । वैश्विक जलवलयु परिवर्तनले जलस्रोतहरूको वितरणमा पनि प्रभाव पर्नेछ । उच्च अक्षांश भएका देशहरूमा तथा दक्षिण–पूर्व एसियाका जलस्रोतहरूमा पानीको अधिकता हुनेछ जबकि मध्य–एसियामा पानीको कमी हुनेछ । न्यून अक्षांश भएका देशहरूमा पानीको कमी हुनेछ ।
जलवायु परिवर्तनका कारण ध्रुवीय हिउँ पग्लिनाले विश्वको औसत समुद्री जलस्तर एक्काईसौं शताब्दीको अन्त्यसम्म ९ देखि ८८ सेमिसम्म बढ्ने सम्भावना छ, जसबाट दुनियाँको आधाभन्दा बढी आवादी जुन समुद्रबाट ६० किमिको दूरीमा अवस्थित छन् तिनमाथि विपरीत प्रभाव पर्नेछ । बंगलादेशको गंगा–ब्रम्हपुत्र, डेल्टा, मिश्रको नील डेल्टा तथा मार्शलद्वीप र मालदिवसहित अनेकौँ साना द्वीपको अस्तित्व वर्ष २१०० सम्म समाप्त हुनेछ । वैश्विक जलवायु परिवर्तनको प्रभाव समुद्रमा पाइने जैविक विविधता सम्पन्न प्रवल भित्तीहरूमाथि पर्नेछ जसलाई महासागरहरूको उष्ण कटिबन्धीय वर्षा पनि भनिन्छ । समुद्री पानीमा उष्णताको परिणमस्वरूप एल्गेहरूमा प्रतिकूल प्रभाव पर्नेछ जसले कि प्रवाल भित्रीहरूलाई भोजन तथा वर्ण उपलब्ध गराउँछन् । उष्ण महासागर विरंजन प्रक्रिायको कारक हुनेछ जो यी उच्च उत्पादकता भएका पारितन्त्रहरूलाई नष्ट गर्नेछ ।
प्रशान्त महासागरमा वर्ष १९९७ मा अलनिनोको कारण बहेको ताजको तीव्रता प्रवालहरूको मृत्युको सबैभन्दा गम्भीर कारण बनेको थियो । एक अनुमानका अनुसार पृथ्वीको लगभग १० प्रतिशत प्रवाल भित्रीहरूको मृत्यु भइसकेको छ । ३० प्रतिशत गम्भीररूपले प्रभावित भएका छन् तथा ३० प्रतिशतको क्षरण भएको छ । ग्लोवल कोरल रीप मोनिटरिङ नेटवर्क अष्ट्रेलियाको अनुमान अनुसार वर्ष २०५० सम्ममा सबै प्रबल भित्तीहरूको मृत्यु हुनेछ ।
जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा पनि असर पर्नेछ । संयुक्त राज्य अमेरिकामा बालिनालीहरूको उत्पादकत्वमा कमी आउनेछ जबकि अर्कोतिर उत्तरी र पूर्वी अफ्रिकामा, मध्यपश्चिम देशहरू नेपाल, पश्चिमी देश मेक्सिकोमा गर्मी तथा चिस्यानले गर्दा बालीनालीहरूको उत्पादकतामा बढोत्तरी हुनेछ । वर्षा जलको उपलब्धताको आधारमा धानको क्षेत्रफल बढ्न सक्नेछ ।
वातावरणमा ज्यादा ऊर्जाको संलग्नताले वैश्विक वायु पद्धतिमा पनि परिवर्तन हुनेछ । वायु पद्धतिमा परिवर्तनको परिणामस्वरूप वर्षा असमान हुनेछ । भविष्यमा मरुभूमिहरूमा बढी वर्षा हुनेछ जबकि यसको विपरीत पारम्पारिक कृषि हुने क्षेत्रहरूमा कम वर्षा हुनेछ । यस किसिमको परिवर्तनले ठूलो मात्रामा मानवीय बसाइँसराइलाई प्रोत्साहित गर्नेछ । जसले मानव समाजको सामाजिक, आर्थिक तथा राजनीतिक ढाँचालाई प्रभावित गर्नेछ ।
वैश्विक जलवायु परिवर्तनको फलस्वरूप बाढी खडेरी तथा आँधी, तुफान, टोर्नाडोजस्ता प्राकृतिक आपदहरूको बारम्बारतामा वृद्धिको कारण अन्न उत्पादनमा गिरावट आउनेछ । स्थानीय खद्यान्न उत्पादनमा कमी, भोकमरी र कुपोषणको कारण बन्नेछ जसबाट स्वास्थ्यमा दीर्धकालीन प्रभाव पर्नेछ । खाद्यान्न र पानीको कमीबाट प्रभावित क्षेत्रहरूमा समुदायहरूबीच द्वन्द्व हुनेछ । जलवायु परिवर्तनको प्रभाव जैविक विविधतामा पर्नेछ । कुनै पनि प्रजातिको अनुकूलनका लागि समयको आवश्यकता पर्दछ । वातावरणमा आकस्मिक परिवर्तनले अनुकुलनको अभावमा त्यसको मृत्यु हुनेछ । जलवायु परिवर्तनको सर्वाधिक प्रभाव समुन्द्रको तटीय क्षेत्रहरूमा पाइने दलदली क्षेत्रका वनस्पतिहरूमा पर्नेछ जसले तटलाई स्थिरता प्रदान गर्नका साथसाथै समुद्री जीवहरूको प्रजननको लागि आदर्श स्थल प्रदान गर्छ । दलदली वन जसलाई ज्वारीय वन पनि भनिन्छ, जसले तटीय क्षेत्रहरूलाई समुद्री तुफानहरूबाट रक्षा गर्ने काम पनि गर्दछ । जैविक विविधताको कारणले गर्दा पारिस्थितिक असन्तुलनको जोखिम बढ्नेछ ।
अब पनि जलवायुव परिवर्तनका बारेमा हामी सबैले सोचेनौँ भने भोलिका दिनमा जलवायु परिवर्तनले गर्दा पृथ्वीमा रहने सबै प्राणीहरूलाई असर पु-याउनेछ । यसका लागि देशैभरि वातावरणमैत्री कार्यक्रम युद्धस्तरमा सञ्चालन गर्न अपरिहार्य छ । जलवायु परिवर्तनमा धनी र औद्योगिक मुलुकहरूको मात्र योगदान छ हाम्रो केही छैन भन्दै यसको प्रभाव न्यूनीकरणका उपायहरूमा अहिलेदेखि नै नलाग्ने हो भने हाम्रो आर्थिक हैसियतले यसबाट पर्न सक्ने खाद्यान्न र पानीको संकटबाट बचाउन सकिँदैन । नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म यस विषयलाई गम्भीरतापूर्वक लिने चेतना जागृत होस् । अहिलेलाई यति मात्र भन्न सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया