Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएलसी मार्जिनमा पुरानै व्यवस्था कायम गर्न नाडाको माग

एलसी मार्जिनमा पुरानै व्यवस्था कायम गर्न नाडाको माग


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एलसी मार्जिनमा पुरानै व्यवस्था कायम गर्न राष्ट्र बैंकसँग माग गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाले बिहीबार एक विज्ञप्ति जारी गरी एलसी मार्जिन पुरानै व्यवस्थाअनुसारका कायम गर्न नभए मार्जिनमा ब्याज दिन माग गरेका हुन् ।

हालै नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारीसाधनलगायत अटोमोबाइल स्पेयर पाट्र्सहरूको आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा पाँच प्रतिशतबाट वृद्धि गरेर ५० देखि एक सय प्रतिशतसम्म कायम गरिएको छ । नाडाले न्यूनतम मार्जिनको व्यवस्था पुरानोअनुसार नै कायम गर्न आग्रह गरेको छ । यदि उक्त व्यवस्था तत्काल परिमार्जन गर्न सम्भव नभएमा व्यवसायीहरूले एलसी मार्जिनका लागि राखेको उक्त धरौटी रकममा बैंंक तथा वित्तीय संस्थाहरूले ब्याज प्रदान गर्ने व्यवस्था गर्नुपर्ने नाडाको माग छ । न्यूनतम मार्जिनको सीमा वृद्धिको व्यवस्थाले सवारीसाधनलगायत स्पेयर पाट्र्सहरूको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारीसाधन तथा स्पेयर पाट्र्सहरूको मूल्य समेत बढ्न गई उपभोक्ताहरूलाई समेत असर पर्ने नाडाको भनाइ छ ।

साथै नाडाले कर्जाको ब्याज घटाउन पनि राष्ट्र बैंंकलाई आग्रह गरेको छ । हालै नेपालका बैंक तथा वित्तिय निकायहरूले निक्षेपको ब्याजदर बढाउने निर्णय गरेको छन् । निक्षेपको ब्याजदर बढेसँगै बैंंक तथा वित्तीय निकायहरूले स्वाभाविकरूपमा कर्जाको ब्याजदर पनि बढाउने भएकोले यसमा पुनर्विचारका लागि राष्ट्र बैंंकसँग अनुरोध गरिएको नाडाले जनाएको छ ।

नाडाका अनुसार वित्तीय निकायहरूले ब्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढ्दै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्नेछ । उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको वर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई वर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित रहेको नाडाले जनाएको छ । यसले नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकोले कर्जाको ब्याजदर बढाउने नीतिमा पुनर्विचारका लागि नेपाल राष्ट्र बैंकसँग नाडाले आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x