काठमाडौं । नेपाल राष्ट्र बैंक यतिखेर चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । गत हप्ता मात्र अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको दोस्रो समीक्षा प्रस्तुत गरेसँगै राष्ट्र बैंक पनि मौद्रिक नीतिको समीक्षाको तयारीमा जुटेको हो ।
अर्थ मन्त्रायले बजेटमार्फत लिने वित्तीय नीतिलाई नगदमा रूपान्तरण गर्ने काम मौद्रिक नीतिले गर्छ । अर्थात् भनौँ बजेटलाई सफल, असफल बनाउने निकै ठूलो हात मौद्रिक नीतिमा रहेको हुन्छ । मूल्य वृद्धिलाई नियन्त्रणमा राख्ने, भुक्तानी सन्तुुलन मिलाउने, बिदेशी मुद्राको सञ्चिति बढाउने, आयातलाई कम गर्दै वैदेशिक व्यापारघाटालाई नियन्त्रणमा राख्ने सबै काम मौद्रिक नीतिले गर्छ । बजेटले मुलुकको वार्षिक आयव्यय, खर्चको विवरण बनाउने, नीति कार्यक्रम बनाउने मात्र हो ।
बजेटलाई सफल र असफल पार्ने दिशामा धेरै हदसम्म मुलुकको केन्द्रीय बैंकको भूमिका रहेको हुन्छ । जब यो भूमिका कमजोर हुन्छ, सिंगो मुुलुकको अर्थतन्त्र पनि कमजोर हुन्छ । अहिले मुुलुकको समग्र आर्थिक अवस्था कमजोर बनेको छ । वैदेशिक व्यापारघाटा बढेको छ, रेमिटेन्स घटेको छ, विदेशी मुद्राको सञ्चिति घटेको छ, सोधान्धार स्थितिमा घाटामा देखिएको छ । निर्यात बढेको देखिए पनि आयात उच्च हुँदा वैदेशिक व्यापारघाटा निकै नै बढेको छ ।
यो अवस्थामा राष्ट्र ‘जब प-यो राति अनि बुढी ताती भनेझैँ’ अर्थतन्त्रको सुधारको लागि आयातमा कडाइ गर्ने तयारी गरेको छ । ब्याजदरलाई नियन्त्रणमा राख्ने प्रयास गर्दै छ । विगतमा कोभिड १९ को महामारीमा समग्र अर्थतन्त्रमा संकुचन आउँदा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको थियो । अधिक तरलताको समस्या देखिएको थियो । यसले गर्दा निक्षेप तथा कर्जा दुवैको ब्याज घटेको थियो । तर अहिले राष्ट्र बैंकले सही नीति लिन नसक्दा तरलता अभावको समस्या देखिएको छ । बैंकहरूमा लगानीयोग्य रकमको अभाव रहेको छ ।
कोरोनाकालमा बैंकमा रकम थुप्रैको थियो । तर पछि कोभिड १९ नियन्त्रणमा आयसँगै राष्ट्र बैंकले कर्जा प्रवाहको सही नीतिलाई समात्न नसक्दा बैंकहरूमा निक्षेपको तुलनामा कर्जा निकै बढ्यो त्यही कारण अहिले बैंकहरू तरलताको अभावको समस्यामा परेका छन् । यसलाई नियन्त्रणमा राख्नको लागि धेरै वैकल्पिक उपायहरू रहेका छन् । तर राष्ट्र बैंक ‘अर्थ न बर्थ गोविन्द गाई टाउको दुखेको औषधि नाभी’मा लाई भनेझैँ गरी निक्षेपको ब्याज बढाउन बैंकहरूलाई प्रोत्साहन गरिरहेको छ, जसको आलोचना अहिले सम्पूर्ण उद्योगी व्यवसायीहरूले गरेका छन् । निक्षेपको ब्याज बढ्नु भनेको कर्जाको ब्याज बढ्नु हो, कर्जाको ब्याज बढ्नु भनेको उत्पादित वस्तु तथा सेवाको लागत बढ्नु हो, राष्ट्र यति सामान्य सिद्धान्त बुझ्ने क्षमता पनि छैन । एउटा समस्या समाधान गर्न एउटा नीति ल्याउने र त्यो नीति कार्यान्वन गर्दा अर्को समस्या उत्पन्न गराउने केन्द्रीय बैंकको कच्चा निर्णय गर्ने परिपाटी कायम रहेसम्म अर्थतन्त्रमा सुधार आउन सक्दैन । अर्थतन्त्रमा सुधार आउनको लागि राष्ट्र बैंक सही हुुनुपर्छ, राष्ट्र बैंकको नेतृत्व सही हुनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया