किन फेरिएन कृषिको अवस्था ?
काठमाडौं । सरकारले मासु र अण्डामा नेपाल आत्मनिर्भर रहेको तथ्य यसअघि नै सार्वजनिक गरिसकेको छ । यसैगरी दुध र हरियो तरकारीमा पनि नेपाल आत्मनिर्भर उन्मुख रहेको बताइए पनि अहिले पनि नेपालमा हरियो तरकारी भारतबाट भित्रिने क्रम रोकिएको छैन । अन्य उत्पादनमा कच्चा पदार्थ विदेशबाट ल्याएर नेपालमा उत्पादन गरेर हुने आत्मनिर्भरभन्दा मासु र अण्डामा भएको आत्मनिर्भरता अन्य कुरामा भन्दा फरक छ ।
मासुजन्य र अण्डा उत्पादनका लागि केही प्रतिशत दानाबाहेक सबै कच्चापदार्थ नेपालमै उपलब्ध रहेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ । नेपाल मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसक्नुभएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा नेपाल मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गरिएको हो ।
विश्व खाद्य संगठनका अनुसार प्रतिव्याक्ति प्रतिवर्ष १४ किलो मासु र ४८ वटा अण्डा आवश्यक पर्छ । तर नेपालमा भने प्रतिव्याक्ति २२ किलो मासु र अण्डा प्रतिव्यक्ति ५५ वटासम्म उत्पादन हुनेगरेको छ । समग्रमा नेपालमा प्रतिवर्ष दुई लाख ५५ हजार मेट्रिकटन माछामासु र दुई अर्ब ६० करोड अण्डा उत्पादन हुनेगरेको थियो र अहिलेको अवस्थामा त्यसमा कुनै तात्विक भिन्नता नआएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताउनुभएको छ ।
मासु र अण्डामा आत्मनिर्भर भए पनि नेपाल दुधमा भने आत्मनिर्भर भइनसकेको अवस्था छ । प्रतिवर्ष प्रतिव्याक्ति ९१ लिटर दुध आवश्यक पर्ने विश्व खाद्य संगठनको मापदण्डमा उल्लेख छ । तर नेपालमा भने प्रतिवर्ष प्रतिव्याक्ति ७९ लिटर दुध उत्पादन हुनेगरेको छ । विश्व खाद्य संगठनको मापदण्डलाई आधार मान्ने हो भने पनि नेपाललाई दुधमा आत्मनिर्भर हुन प्रतिव्याक्ति प्रतिवर्ष १२ लिटरसम्म उत्पादन गर्नुपर्ने देखिएको भए पनि कोरोनालगायतका विषम परिस्थितिका कारण अहिले उत्पादनमा केही कमी आएको मन्त्रालयका प्रवक्ता सञ्जेलले बताउनुभएको छ । दुधमा आत्मनिर्भर उन्मुख रहेको भए पनि हरिया सागपात तथा फलफूलमा भने नेपाल परनिर्भर हुनुपरेको अवस्था छ । त्यस्तै धानमा भने तीन वर्षमा आत्मनिर्भर हुने लक्ष्य राखेको मन्त्रालयले बताएको छ ।
अधिकांश कृषि तथा खाधान्न सामग्री आयात गर्नुपर्ने बाध्यताबाट नेपाल मुक्त हुन सकेको छैन । धेरैजसो सामग्रीहरूमा नेपाल भारतसँग सोझै परर्निभर भइरहेको अवस्था छ । केही कृषि उपजमा आत्मर्निभर भए पनि नेपालले आफ्नो उत्पादन निर्यात गर्नसक्ने अवस्थामा अझै पुगेको छैन ।
आब २०७८÷७९ को पुस मसान्तसम्ममा नेपालले नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख आठ हजार मूल्यबराबरका सामग्री आयात गरेकोमा झण्डै ४२ अर्बबराबरको कृषि तथा खाधान्न सामग्री आयात भएको भन्सार विभागको तथ्यांकले देखाइरहेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले आठ अर्ब ५९ करोड रुपैयाँबराबरको तरकारी मात्र आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँबराबरको तरकारी खरिद गर्नेगरेको छ । यसलाई आधारमान्दा नेपालले दैनिक करिब छ करोडको तरकारी मात्रै आयात गरेको देखिन्छ ।
यस अवधिमा नेपालमा आलुको आयात सबैभन्दा ठूलो छ । आलु खरिदमा पाँच अर्ब २७ करोड, प्याज खरिदमा दुई अर्ब ४७ करोड, गोलभेँडा खरिदमा १८ करोड ६६ लाख, हरियो लसुन खरिदमा ३७ करोड ४२ लाख, च्याउ खरिदमा सात करोड १७ लाख, फर्सी खरिदमा एक करोड चार लाख, गाँजर खरिदमा ४२ लाख, भिण्डे खुर्सानी खरिदमा चार करोड, हरियो सागपात खरिदमा १६ करोड, हरियो तरकारीका गेडागुडी खरिदमा तीन करोड ३७ लाख रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादनको छ । भारतबाहेक पाकिस्तान, बंगलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसको गेडागुडी भित्रिएका छन् । चालू आवको पाँच महिनामा पाँच अर्ब १६ करोडको आलु नेपालले भारतबाट र १० करोड मूल्यबराबरको आलु बंगलादेशबाट खरिद गरेको छ । पाकिस्तानबाट ८२ हजारको हरियो लसुन र दक्षिण कोरियाबाट रातो बन्दा नेपाल आयात गरिएको छ ।
कृषिमा यान्त्रिकीकरण, साना सिँचाइ आयोजना, ढुवानी, बीमा प्रिमियम, सस्तो ब्याज अनुदान, रासायनिक मलको सहज तथा किसानमैत्री नीति तीव्ररूपमा अगाडि ल्याउन सकेको खण्डमा मात्र नेपालले दुग्धजन्य उत्पादनलगायतका वस्तुहरूमा पनि निकट भविष्यमै आत्मनिर्भर बन्नसक्ने विज्ञहरूले बताउँदै आएका छन् । यसका लागि सरकार र सम्बन्धित निकायको तदारुकताको खाँचो आवश्यक रहेको कृषि विज्ञहरूको भनाइ छ । नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपीमा कृषि क्षेत्रको योगदान करिब एक तिहाइ रहेको छ । दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित छन् । समय–समयमा कृषि क्षेत्रमा देखिने प्रतिकूल प्रभावका कारण हाम्रा समग्र आर्थिक विकासका सूचकहरूमा नै प्रतिकुल प्रभाव पार्ने तथ्यबाट पनि प्रस्ट हुन सकिन्छ ।
नेपालको समग्र अर्थतन्त्र कृषिमा नै निर्भर छ र देश विकासको प्रमुख आधारस्तम्भ भनेको कृषि र पशुपन्छी क्षेत्र हो । दैनिकीसँग जोडिएका कृषिजन्य वस्तुहरू पनि आयात गर्नुपर्ने स्थितिले नेपालको परनिर्भरता बढिरहेको देखाउँछ । देश कुनै पनि उपभोग्य वस्तुमा आत्मनिर्भर छैन, देशमा धेरै व्यवस्था र कार्यकारी फेरिए तर फेरिएन कृषिको अवस्था । सरकारले दिने गरेको अनुदान पनि सरकार निकटका बिचौलियाले नै लिइरहेका छन् वास्तविक किसान यो सुविधाबाट धेरै टाढा छन् । वास्तविक किसानले पाउने मल र उन्नत बिउ कहिल्यै समयमा पाउँदैनन् यो सरकारको ठूलो कमजोरी हो । यसलाई समयमै समाधान गर्न सकिएन भने कृषि क्षेत्र थप जर्जर बन्दै जाने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया